अनुदान कोटाका शिक्षक छानबिनको दायरामा
बुधबार, १७ चैत २०७२, ०७ : ४३
झापा– जिल्ला शिक्षा कार्यालय झापाले अनुदान कोटाअन्तर्गत उच्च माध्यमिक तहमा नियुक्त भएका सबै शिक्षकका विषयमा छानबिन सुरु गरेको छ ।
अनुदान कोटाका शिक्षकको नियुक्ति र अध्यापनका विषयमा चौतर्फी गुनासो आएपछि कार्यालयले छानबिन सुरु गरेको हो । अनुदान कोटामा नियुक्ति लिएका शिक्षकको विषयमा पटक–पटक प्रश्न उठेपछि छानबिन थालिएको जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले बाए।
शिक्षक अनुदान कोटामार्फत जिल्लामा १२४ जना शिक्षक नियुक्त गरिएका छन् । “एक साताभित्र टुङ्ग्याउने गरी छानबिन थालिएको छ”, जिशिअ लुइँटेलले भन्नुभयो–“नियुक्ति प्रक्रिया गलत र नियमित उपस्थिति नभेटिए नियमानुसार कारबाही हुन्छ ।”
सरकारले विज्ञान सङ्काय पढाउने उच्च माविलाई तीनवटाका दरले र अरू सङ्काय पढाउने उच्च माविलाई दुईवटाका दरले अनुदान कोटामा शिक्षक उपलब्ध गराउँदै आएको छ । झापामा सञ्चालित ६२ वटा उच्च माविले यो सुविधा प्राप्त गरेका छन् । तीमध्ये तीनवटा विद्यालयका शिक्षकले तोकिएको जिम्मेवारी पूरा नगरी तलब मात्रै बुझेको पाइएपछि कार्यालयले केही दिनअघि उनीहरूको नियुक्ति बदर गरेको थियो ।
नियुक्ति बदर गरिएकामा भद्रपुर उच्च माविका चैतन्यप्रसाद खरेल, सागर दाहाल र अरनिको उच्च मावि महेशपुरकी सिर्जना शर्मा छन् । खरेल नेपाली, दाहाल लेखा र शर्मा अङ्ग्रेजी विषयका शिक्षक हुन् । शिक्षा विभागले अनुदान कोटामा शिक्षक नियुक्ति गर्ने प्रावधानअनुसार उनीहरूले नियुक्ति लिएका थिए । खेताला शिक्षक राखेको पाइएपछि उनीहरूको नियुक्ति बदर गरिएको जिशिअ लुइँटेलले बताए। रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण