राजकुमार ह्यारी लापुबेंशीबाट राजधानी फर्किए
गोरखा– उत्तरी गोरखाको लापु–३ स्थित प्रभातकिरण माध्यामिक विद्यालयको भवन पुनःनिर्माणमा श्रमदान गरी बेलायतका राजकुमार ह्यारी मंगलबार राजधानी फर्केका छन् ।
गत बिहीबार लापु पुगेका राजकुमार ह्यारी शुक्रबारदेखि मंगलबारसम्म विद्यालयको भवन पुनःनिर्माणको काममा जुटेका थिए । त्यहाँ उनले विद्यालयमा ढुङ्गा, काठ बोक्ने काम गरेका थिए भने स्थानीय नौलीखोला तेस्रो लघुजलविद्युत् आयोजना मर्मतमा पनि सघाएका थिए ।
विद्यालय र लघुजलविद्युत् आयोजना गत वैशाख १२ को भूकम्पले ध्वस्त भएको हो । विद्यालयका प्रध्यानाध्यापक जीव गुरुङका अनुसार नेपाली सेनाको हेलिकोप्टर चढेर राजकुमार ह्यारी राजधानी फर्केका हुन् ।
‘टिम रुविकन युके’ नामक संस्थाले विगत छ महिना अघिदेखि सो विद्यालयमा नयाँ भवन निर्माण गरिरहेको थियो । सोही विद्यालय भवन पुनःनिर्माणमा राजकुमार ह्यारीले श्रमदान गरेका हुन् ।
ह्यारीलाई गाउँलेले खादा र माला लगाएर बिदाइ गरेका थिए । राजकुमार ह्यारी सोमबर राजधानी फर्किने तयारी गरिए पनि हावाहुरीले गर्दा फर्कन सकेका थिएनन् ।
छ दिने औपचारिक भ्रमणमा नेपाल आएका ह्यारीले पुनःनिर्माणमा सहयोग गर्ने भन्दै थप छ दिन नेपाल बसाइ लम्ब्याएका थिए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण