नेदरल्याण्डसँग इंग्ल्याण्ड पराजित, इटालीविरुद्ध जमर्नीको चार गोल
लण्डन – जमर्नीलाई उसैको घरेलु मैदानमा पराजित गर्दै हौसिएको इंग्ल्याण्ड आफ्नै घरेलु मैदानमा नेदरल्याण्डसँग पराजित भएको छ । पछिल्लो समय खराब प्रदर्शन गर्दै युरो २०१६ मा पनि छनौट हुन असफल रहेको नेदरल्याण्डसँग मंगलबार राती भएको मैत्रीपूर्ण खेलमा इंग्ल्याण्ड पराजित भएको हो । वेम्ब्ली रंगशालामा भएको खेलमा इंग्ल्याण्डले सन् २०१३ पछि पहिलो पटक २ गोल खान पुग्यो । यसो त पछिल्ला सात खेलमा इंग्ल्याण्डले नेदरल्याण्डलाई पराजित गर्न असफल रहेको छ । खेलमा उत्कृष्ट प्रदर्शन गरेका जेमी भार्डीले इंग्ल्याण्डलाई पहिलो हाफको अन्त्यतिर गोल गर्दै अग्रता दिलाए । तर, खेलको दोस्रो हाफको ५० औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै भिन्सेन्ट जानसेनले नेदरल्याण्डलाई खेलमा फर्काए । खेल सकिन १३ मिनेट बाँकी छँदा लुसियानो नरसिंहले गोल गर्दै नेदरल्याण्डलाई २–१ को जीत दिलाए ।
उता, इंग्ल्याण्डसँगको पराजयलाई भुलाउँदै जमर्नीले इटालीलाई ४–१ गोलअन्तरले पराजित गरेको छ । जमर्नीले पछिल्लो २१ वर्षमा इटालीलाई हराएको पहिलो पटक हो । विश्वविजेता जमर्नीका लागि रियल म्याड्रिडका मिडफिल्डर टोनी क्रुसले गोल गर्दै अग्रता दिलाए । त्यसलगत्तै मारियो गोट्जले अग्रता दोब्बर बनाए । खेलको दोस्रो हाफमा जोनास हेक्टर र मेसुट ओजिलले एक–एक गोल थपे । खेलको ८३ औं मिनेटमा इटालीका लागि स्टेफन एल सारावेले सान्तवना गोल गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण