रोनाल्डोको उत्कृष्ट प्रदर्शनले विश्व नम्बर १ बेल्जियम पराजित
बुधबार, १७ चैत २०७२, ०९ : ३४
लिएरा – अन्तर्राष्ट्रिय खेलमा चार खेलको गोलविहिन यात्राको अन्त्य गर्दै क्रिस्टियानो रोनाल्डोले गोल गरेपछि पर्चुगलले फिफा बरियतामा नम्बर १ रहेको बेल्जियमलाई पराजित गरेको छ ।
ब्रसेल्स हमलाबाट स्तब्ध रहेको बेल्जियमविरुद्ध खेलको २० औं मिनेटमा गोल गर्दै नानीले पर्चुगललाई अग्रता दिलाए । बेल्जियममा हुने भनिएको खेल सुरक्षा कारण देखाउँदै लिएरा सारिएको हो ।
त्यसको २० मिनेटपछि रोनाल्डोले हेड मार्फत गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको दोस्रो हाफमा रोमेलु लुकाकुले गोल गरे पनि उक्त गोल सान्तवना गोल मात्र बन्न पुग्यो र खेल पर्चुगलले २–१ ले आफ्ना पक्षमा पार्यो ।
पर्चुगलका लागि रोनाल्डोले खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले ट्रिक र गतिले बेल्जियमका खेलाडीहरुलाई दबाबमा राखेका थिए ।
त्यस्तै, हिजो भएको अन्य मैत्रीपूर्ण खेलमा फ्रान्सले रसियालाई ४–२ गोल अन्तरले पराजित गरेको छ । पेरिस हमलापछि पछिलो पटक स्टाडे फ्रान्समा भएको खेलमा एनगोलो कान्टेले फ्रान्सलाई अग्रता दिलाए भने आन्द्रे–पिएरे–जियानिकले अग्रता दोब्बर बनाए ।
अलेक्जान्डर कोकोरिनले रसियाका लागि गोल गरे पनि डिमिट्री पायेटले पुनः अग्रता दोब्बर बनाए ।
रसियाका लागि युरी जिर्कोभले अर्को गोल गरे पनि पायेटको पासमा किङ्स्ले कोमानले अर्को थप्दै फ्रान्सलाई सहज जित दिलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण