चीन भ्रमणबारे प्रधानमन्त्रीको ब्रिफिङ
बुधबार, १७ चैत २०७२, ०९ : ५४
काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सम्पन्न चीनको औपचारिक भ्रमणबारे जानकारी गराएका छन् ।
राष्ट्रपति एवम् उपराष्ट्रपति समक्ष प्रधानमन्त्रीले मंगलबार अपराह्न राष्ट्रपति निवासमा चीन भ्रमणका विविध पक्ष, त्यसक्रममा दुई देशबीच भएका पारवहन सम्झौतालगायत विषयमा विस्तृत जानकारी गराएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति र उपराष्ट्रपतिलाई भ्रमणका उपलब्धि एवम् अन्य समसामयिक विषयमा पनि प्रधानमन्त्रीले अवगत गराएको उक्त कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रपति एवम् उपराष्ट्रपतिले प्रधानमन्त्रीको चीन भ्रमण सफल भएकामा प्रधानमन्त्री तथा सरकारलाई बधाई एवम् धन्यवाद ज्ञापन गर्नुका साथै भ्रमणका उपलब्धिलाई यथाशीघ्र कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए । भेटमा उच्च सरकारी अधिकारीको पनि उपस्थिति थियो ।
स्थायी कमिटीमा जानकारी
त्यस्तै प्रम ओलीले नेकपा (एमाले)को मंगलबार बसेको स्थायी कमिटी बैठकमा आफ्नो चीन भ्रमणबारे जानकारी गराए ।
एमाले पार्टी अध्यक्षसमेत रहनु भएका प्रधानमन्त्री ओलीले चीन भ्रमणमा दुई देशबीच पावहनलगायत सम्झौता भएको उल्लेख गर्दै भ्रमण समग्रमा सफल भएको बताउनुभएको थियो । प्रधानमन्त्री यही चैत ७ देखि १४ गतेसम्म छिमेकी चीनको भ्रमणमा गएका थिए ।
पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यका अनुसार बुधबार बिहान पुनः बस्ने स्थायी कमिटीको बैठकमा केन्द्रीय सल्लाहाकार र विभागका सदस्यहरुको मनोनयसम्बन्धी कार्यसूचीमा छलफल हुनेछ । एमालेको पोलिटव्युरो बैठक यही चैत २३ र २४ तथा केन्द्रीय कमिटीको बैठक चैत २७–३० मा काठमाडौं हुने निर्णय गत फागुन २४ मा सम्पन्न स्थायी कमिटीको ३४औँ बैठकले गरेको थियो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण