वीरगन्ज बैठक बहिस्कार गर्ने विष्ट समुहको तयारी, कारबाही गर्ने कमल थापाको संकेत
काठमाडौं – राप्रपा नेपालको यही बिहिबारदेखि बीरगंजमा बस्ने केन्द्रिय समितिको बैठक सहअध्यक्ष केशरबहादुर विष्ट समुहले वहिष्कार गर्ने तयारी गरेको छ । यता संस्थापनले भने विष्ट समुहलाई कारबाही गर्ने संकेत गरेको छ ।
विष्ट निकट केन्द्रिय सदस्य विष्णु भट्टराईले बहुसंख्यक केन्द्रिय सदस्यले वीरगञ्ज बैठक बहिस्कार गर्ने रातोपाटीलाई बताए । उनले राप्रपा नेपाल संवैधानिक राजतन्त्र, हिन्दु राजसंस्था र एकात्मक राज्य प्रणालीमा विस्वास गर्ने पार्टी भएको तर नेतृत्वले त्यसलाई वेवास्ता गर्दै सत्तासँग सम्झौता गरेको आरोप लगाए । पार्टीको हित विपरित नेतृत्वले संघीयता गणतन्त्र र धर्म निरपेक्षता स्वीकार गरेको आरोप लगाउँदै पार्टीको गलत कार्यको विरोध गर्नु स्वाभाविक भएको उनले बताए । आफूहरु पार्टी विभाजनको पक्षमा नरहेको स्पष्ट पार्दै भने, ‘ हामी पार्टी विभाजन चाहँदैनौं । हाम्रो जोड भनेको वान म्यान पार्टी वान म्यान डिसिजनले चल्न सक्दैन भन्ने हो ।’ यस्तै विष्ट समुहका अर्का नेताले दुई दिन मन्त्री हुनका लागि कमल थापाले सबै आफ्नो एजेण्डा त्यागेको आरोप लगाउँदै उनकै कारणले पार्टी पतन उन्मुख भएको दाबी गरे । तर संस्थापनले भने विष्ट समुहले अनावश्यक प्रोपोगाण्डा मच्चाउने काम मात्रै गरेको भन्दै आफ्नो बचाउ गरेको छ । राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले विष्ट समुहले पार्टी हित विपरितको गतिविधि गरेको दाबी गर्दै वीरगन्ज बैठकबाट उनीहरुमाथि कारबाही गरिने संकेत गरे । ‘उहाँहरु (विष्टसमुह) ले बिना मौसमको बाजा बजाउन खोज्नु भएको छ, त्यसको औचित्य छैन’ गिरीले भने, ‘केन्द्रिय समिति बैठकबाट स्पष्टिकरण तथा कारबाहीको सम्भावना छ ।’ वीरगन्ज बैठकको एजेण्डा वीरगन्जमा भोलिदेखि चल्ने केन्द्रिय समितिको बैठकमा भारत र चीन भ्रमणको समिक्षा, पार्टीको संगठन सुदृढीकरण,मुलुकको पछिल्लो राजनैतिक घटनाक्रम, पार्टीको आगामी रणनीतिलगायतको विषयमा छलफल हुने बताइएको छ । यसै विषयमा केन्द्रित भएर अध्यक्ष थापाले राजनीतिक कार्यपत्र समेत तयार पारिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण