ललितपुरको मोटरसाइकल परीक्षण केन्द्र मातातीर्थमा सारिने
बुधबार, १७ चैत २०७२, ११ : ०८
काठमाडौँ - यातायात व्यवस्था विभागले ललितपुरको एकान्तकुना नजिकै भएको मोटरसाइकल परीक्षण केन्द्र थानकोटको मातातीर्थमा स्थानान्तरण गर्ने भएको छ । अहिलेको स्थान साँघुरो भई परीक्षणका काम गर्न असुविधा भएपछि सो कार्यालय सार्नका लागि तयारी भएको हो । विगतमा काठमाडौँबाट हेटौँडासम्म सञ्चालनमा रहेको ‘रोप वे’ मार्गको करिब ३४ रोपनी जग्गालाई यसका लागि व्यवस्था गरिने भएको छ । विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले त्यहाँ मोटरसाइकलको परीक्षण केन्द्र स्थापनाका लागि गृहकार्य भइरहेको जानकारी दिँदै नयाँ स्थानमा उक्त कार्यालय स्थानान्तरण भएपछि विभागका अन्य कार्यालय पनि आवश्यकताअनुसार सार्न सकिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण