पाँच करोडसम्म दूतावासले सिधै लगानी गर्छ, प्याकेजमा कार्यक्रम ल्याउनुहोस् : भारतीय राजदूत राय
पाल्पा - भारतीय राजदूत रणजित रायले नेपाल–भारतको सम्बन्ध आत्मीय रहेको बताएका छन् ।
पाल्पा उद्योग वाणिज्य सङ्घ पाल्पाले मङ्गलबार साँझ यहाँ आयोजना गरेको स्वागत कार्यक्रममा उनले नेपाल र भारतबीच केही खटपट हुनु सामान्य भएको बताएका छन् । वार्ता र सहमतिबाट समस्या समाधान हुने उनले बताए ।
नेपालमा विकासको फड्को मार्न भारत सरकारले नेपालको शिक्षा, स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेको बताए । पाँच करोडसम्मको भारतीय दूतावासले सिधै लगानी गर्न सक्ने भएकाले प्याकेजमा कार्यक्रम बनाउन उनले अनुरोध गरेका छन् ।
भारतले दक्षिण एसियाको नै विकास गर्न चाहेको उनले बताए । भारतले विकासको राजनीति गरेको पनि उनले बताए। उनले शिक्षित र दक्ष जनशक्ति नेपालले उत्पादन गर्न सकेको अवस्थामा नेपाली बेरोजगार नहुनुपर्ने बताए ।
कार्यक्रममा पाल्पाको विकासका लागि धेरै सम्भावना रहेको र त्यसका लागि भारत सरकारको सहयोग रहने पनि उनले बताए ।
पूर्वमन्त्री माधव घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि नेपाल–भारतको सम्बन्ध फराकिलो बनाउन नयाँ काम सुरु भएको बताएका छन् । उनले नेपाल–भारत मिलेर दुवै देशको विकास गर्न सकिने धारणा राखे ।
पाल्पाको पर्यटन विकासका लागि सिद्धबाबा क्षेत्रको सडक सुधार गर्नुपर्ने धारणा उनले राखेका थिए । नेपाल सरकारले यस सिद्धार्थ राजमार्गको निर्माणका लागि भारत सरकारलाई अनुरोध गरेमा भारत सरकारको प्राथमिकतामा पर्ने आशा उनले व्यक्त गरे । यसैबीच, रायले जिल्लाका राजनीतिक दलका प्रमुख, व्यवसायीलाई समेत सामूहिक रुपमा भेटेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण