शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

अब मिलेर समृद्धि र आर्थिक विकासको बाटोमा लगौं : डा भट्टराई

बुधबार, १७ चैत २०७२, ११ : २९
बुधबार, १७ चैत २०७२

नेपालगन्ज - पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मधेस आन्दोलनको मागलाई सहमतिबाट टुङ्गोमा पु¥याउनुपर्नेमा जोड दिएका छन् ।

आज यहाँ आयोजित पत्रकारसम्मेलनमा उनले भने –“संविधान निर्माणपछि नेपाल नयाँ युगमा प्रवेश गरेको छ, अब हामी सबै मिलेर समृद्धि र आर्थिक विकासको बाटोमा अग्रसर हुनुपर्छ ।” पुरानो राजनीतिक चिन्तनबाट मुलुक र जनताको हित हुन नसक्ने धारणा राख्दै पूर्वप्रधानमन्त्री भट्टराईले नयाँ शक्ति, नयाँ सोच र नयाँ जाँगरबाट मात्र स्थिर राजनीतिक र सामाजिक विकास सम्भव हुन सक्ने बताए ।

पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा उनले आफ्नो स्वाभामिन गुम्न नदिएर नेपालले भारत र चीनसँग सन्तुलित सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिँदै ती दुवै देशको आर्थिक समृद्धिबाट नेपालले पनि फाइदा लिन सक्नुपर्ने बताए ।

संविधानको विकल्प अर्को संविधान हुन नसक्ने स्पष्ट पार्दै नयाँ शक्ति नेपालका संयोजकसमेत रहेका पूर्वप्रधानमन्त्री भट्टराईले विवादित विषय यही संविधानलाई संशोधन गरेर समाधान गर्नुपर्ने तर्क राखे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप