शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

दुई पटक डिभोर्स गरेका करणसँग लगनगाँठो कस्दै विपाशा

बुधबार, १७ चैत २०७२, १३ : ०३
बुधबार, १७ चैत २०७२

मुम्बई – बलिउड अभिनेत्री विपाशा बासुले ३० अप्रिलमा बिहे गर्न लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार उनले करण सिंह ग्रोवरसँग बिहे गर्दैछिन् । करण र विपाशाले बिहेका लागि मुम्बईमा एक होटल समेत छनोट गरेको बताइएको छ । तर अहिलेसम्म विपाशाले यसको आधिकारीक पुष्टि गरेकी छैनन् । करणकी आमालाई मन पर्दैन थियो विपाशा केही दिनअघि मात्रै बलिउडकै एक अभिनेत्रीले करणकी आमालाई विपाशा मन नपर्ने बताएकी थिइन् । उनी विपाशालाई बुहारी मान्न तयार थिइनन्् । करणभन्दा अघि नै उनको जीवनमा डिनो मोरियो, जोन अब्राहम र हरमन बावेजा आइसकेका छन् । उनकी आमाले विपाशा आफ्नो छोरासँगको सम्बन्धलाई लिएर गम्भीर नभएको निष्कर्षमा थिइन् । तर उनी अचानक उनी कसरी छोराको विहेका लागि तयार भइन् भन्ने विषय रहस्यमा छ । दुईपटक डिर्भोस गरिसकेका छन् करणले करणका लागि विपाशासँगको बिहे तेस्रो बिहे हो । यसअघि उनले टेलिसिरियलकी अभिनेत्री श्रद्धा निगमसँग पहिलो बिहे गरेका थिए । त्यसपछि टेलिसिरियलकै अभिनेत्री जेनिफर विंगेटसँग दोस्रो बिहे गरे । दुबैसँग उनको सम्बन्ध बिच्छेद भइसकेको छ । अलोन फिल्मको सुटिंगमा भएको थियो भेटघाट चलचित्र अलोनको सुटिंगका दौरान विपाशा र करणको भेटघाट भएको थियो । त्यतिबेलासम्म विपाशा हरमन बावेजासँग नजिक थिइन् । उनीहरुको बिहे हुने कुरा थियो । विपाशाको परिवारले पनि हरमनलाई स्विकारेको थियो । तर यो विषय अगाडी बढेन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप