शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

अरबाज र मलाइकाले सम्बन्धबाट लिए ६ महिनाको ब्रेक

बुधबार, १७ चैत २०७२, १३ : १९
बुधबार, १७ चैत २०७२

काठमाडौं – लामो समयदेखी अरवाज खान र मलाईका खान अलग हुने चर्चा बलिउडमा चलेको थियो । यस हल्ला गलत भएको बताएपनि यो जोडीले संयुक्त रुपमा विज्ञप्ती निकालेर हाललाई अलग नभएको तर सम्बन्धबाट ब्रेक लिएको बताएका छन् ।

विज्ञप्तीमा भनिएको छ : अहिलेसम्म हामीले शान्त राख्यौ । तर यो विषयमा यति धेरै कन्फूजन भयो कि हाम्रो परिवार नै यसबाट प्रभावित भयो । सबै अट्कलबाजीलाई किनारा लगाउँदै हामी यो भन्न चाहन्छौ कि मिडियामा आएका सबै समाचार झुठा थिए । हाम्रो विषयमा अन्य व्यक्तीहरुले गलत जानकारी दिए । हामी चुप थियौँ किनकी यो हाम्रो व्यक्तिगत विषय थियो । हाम्रो एक छोरा र परिवार छ । हामी चूप हुनुको मतलब यो होइन कि हाम्रो विषयमा मानिसले जे चाह्यो भन्न सक्छन् । मलाईकाले कुनै वकिलसँग डिर्भोसको विषयमा कुरा गर्न भेटेको समाचार गलत हो । यस्तो जानकारी दिने व्यक्ती भूmठा हुन् । तर हामी केही समयका लागि ब्रेक लिदैँछौ । तर यसको मतलब यो होइन कि मानिसले जे चाह्यो त्यही सोचून् । हामी अलग हुदैँ छौ । तर हाम्रो जिन्दगी कहाँ जान्छ, हाम्रो बीच के हुन्छ यो हामीलाई नै तय गर्न दिनुहोस् । हामी आफैँले कुनै निर्णय गरेपछि यसको जानकारी गराउँछौ । हामी कुनै तेस्रो व्यक्तिका कारण अलग हुन लागेका होइनौ । मलाइकाको कुनै विजनेशम्यानसँगको मित्रता यसका कारण होइन । न त अरबाजको परिवारलाई नै उनको जीवनशैलीबाट कुनै अफ्टेरो थियो । न त मलाईकालाई आर्थिक सुरक्षाको डरले नै सताएको थियो । उनले सलमानको काँधमा टाउको राखेर रोएकी पनि थिइनन् । यो हाम्रो परिवार हो, कृपया यसका विषयमा कुनै पनि कुरा नबनाउनुहोस् । हाम्रो बच्चा र परिवारको बारेमा कुरा नगर्नुहोस् । आजसम्म आएका कुरा आधारहिन छन् । सबैले हाम्रो मौनतालाई कमजोरी माने । जब हामी कुरा गर्नका लागि तयार हुन्छौ त्यतिबेला कुरा गर्छौ । यदी तपाईहरुले हामीलाई स्पेस दिनुभयो भने राम्रो हुन्छ । हामी दुबै एकअर्कालाई इज्जत गर्छौ । हामीलाई आफ्नो छोरा तथा परिवारका लागि राम्रो गर्नुछ । कृपया हाम्रो स्थिती बुझ्ने कोसिस गर्नुहोला । हामी मिडियासँग कुरा गर्न चाहन्छौ कि आफ्नो हावाल दिने स्रोतलाई विश्वास नगर्नुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप