शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

टिप्पणीः पार्टी फुट्नबाट जोगाउलान् कमल थापाले ?

बुधबार, १७ चैत २०७२, १४ : ०५
बुधबार, १७ चैत २०७२

काठमाडौं– दोस्रो जनआन्दोलनपछि घृणित पात्रका रुपमा चित्रित भए, राप्रपा नेपालका अध्यक्ष कमल थापा । जनआन्दोलन दवाउन सक्रिय भूमिका खेलको आरोप लागेकै कारण उनी गुमनाम भए । जुन क्रम दोस्रो संविधानसभासम्म कायम रह्यो । तर, पहिलो संविधानसभामा जम्मा ४ सिट जितेको उनको पार्टी दोस्रो संविधानसभाबाट नाटकीय ढंगले देशको चौथो शक्तिको रुपमा स्थापित हुन पुग्यो । देशमा गणतन्त्र स्थापना भइसकेको अवस्थामा थापा र उनको पार्टीले ‘हिन्दु अतिवाद’ र राजसंस्थाको मुद्दा जोदारसँग उठाएन मात्रै सोहि मुद्दाको भरमा २४ सिटका साथ दोस्रो संविधानसभाबाट पार्टीलाई चौथो शक्तिको रुपमा स्थापित गर्न सफल भयो । चौथो शक्तिको रुपमा उदाएसँगै पुराना दागहरुलाई विस्तारै मेट्दै हिन्दुत्वको मुद्दालाई अघि बढाउँदै गर्दा राप्रपा नेपालमा विवाद हुन् पुग्यो । सभासद मनोनयनको विषयदेखि सुरु भएको विवाद विभिन्न आरोह अवरोध छिचोल्दै विष्ट प्रकरण सम्म आईपुगेको छ ।

अन्तरसंघर्ष गर्नेलाई ‘मिनिमाइज’ दुई वर्षअघि राप्रपाको महाधिवेशन हुन पहिलेदेखि नै दिवङ्गत नेता पद्मसुन्दर लावती समुहले कमल थापाले पार्टीलाई मनोमानी ढंगले सञ्चालन गर्न खोजेको भन्दै असन्तुष्टि जनाए । ०७१ जेठमा थापाको एकाधिकार सैह्य नभएको भन्दै लावतीले अध्यक्षमा उम्मेद्वारी दिए । निर्वाचनमा कमल थापा भारी मतका साथ विजयी भए भने लावती समुहबाट केहि व्यक्तिहरुमात्रै केन्द्रिय समितिमा निर्वाचित भए ।

थापाको निर्देशनका बाबजुत पनि मंगलबारमात्रै छुट्टै भेला गरेका केशरबहादुर विष्ट समुहले बेला बेलामा थापाको हर्कतको आलोचना गर्ने गरेको थियो  । विष्टले थापाको कार्यशैलीको आलोचना गरेकै आधारमा उनलाई थापाले मिनिमाइज गर्दै आएका थिए भने विष्टलाई केन्द्रिय सदस्य दमन बस्नेत, विराज विष्टलगायतका दुई दर्जनबढी केन्द्रिय सदस्यहरुले साथ दिएका छन् ।

लावतीकै बलियो समर्थनमा जनआन्दोलनको सफलतासँगै राष्ट्रवादी आन्दोलन हाक्ने भन्दै जन्म भएको राप्रपा नेपाल महाधिवेशनपछि भने थप विवादमा पुग्यो । थापाले एकपछि अर्को गर्दै मनोमानी पूर्ण निर्णय गरेको भन्दै सार्वजनिक रुपमा विरोध जनाउँदै आएको बेला थापाले केन्द्रिय कार्यसमितिको बैठकमार्फत पहिले स्पष्टिकरण र निष्कासनको घोषणा गरे । तर, थापाले आफ्नो आलोचना गरेको नै कारण बैठकबाट निर्णय नै नगराई कारबाही गरेको भन्दै लावती समुहले समानान्तर अभियान चलायो । जुन अभियान अहिले समानान्तर पार्टी हुँदै राप्रपासँग एकीकरण गर्ने प्रयासमा छ । यसरी लावती समुहले नेतृत्वको कमीकमजोरी औंल्याएकै आधारमा कारबाही भोगेसँगै थापाले पार्टीका कुनै पनि गतिविधि बाहिर सार्वजनिक नगर्न पदाधिकारी तथा केन्द्रिय सदस्यहरुलाई निर्देशन समेत दिएका थिए । यसकारण पार्टीभित्र असन्तुष्टि जनाउने समुहले लावती समुहलाई जसैगरी कारबाही गर्ने सम्भावना हुने भएकाले चुप लागेको बस्न बाध्य भएको एक नेता बताउँछन् । तर, थापाको निर्देशनका बाबजुत पनि मंगलबारमात्रै छुट्टै भेला गरेका केशरबहादुर विष्ट समुहले बेला बेलामा थापापको हर्कतको आलोचना गर्ने गरेको नाम उल्लेख नगर्ने सर्तमा एक नेताले रातोपाटीलाई बताए । विष्टले थापाको कार्यशैलीको आलोचना गरेकै आधारमा उनलाई थापाले मिनिमाइज गर्दै आएका थिए भने विष्टलाई केन्द्रिय सदस्य दमन बस्नेत, विराज विष्टलगायतका दुई दर्जनबढी केन्द्रिय सदस्यहरुले साथ दिएका छन् । ति सदस्यहरुले थापाको कार्यशैलीबारे पछिल्ला बैठकहरुमा असन्तुष्टि जनाउँदै आएपनि नेतृत्वबाट कुनै सुनुवाई नभएपछि मंगलबार सार्वजनिक रुपमा वक्तब्य सार्वजनिक गरेका विष्ट निकट नेता विष्णु भट्टराईले बताए । मंगलबारको बैठकपछि जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘पार्टीलाई संस्थागत परिपार्टीमा चलाउन व्यक्तिको असीमित आडम्बर र मनपरिवाट जोगाउनु, पार्टीका नेता, कार्यकर्तालाई दास दलालको पहिचानवाट स्वाभिमानी, अनुशासित, भिन्न विचारलाई कदर गर्ने, प्रजातान्त्रिक चरित्रको वनाई राष्ट्रिय बैकल्पिक प्रजातान्त्रिक पार्टीको रुपमा स्थापित गरी हाम्रा मान्यता धार्मिक स्वतन्त्रता सहितको हिन्दु अधिराज्य, राजाको संरक्षकत्वमा हक अधिकारको स्थानिय तहसम्मै अधिकारको प्रत्यायोजन भएको शासन प्रणाली मात्रै जायज भएको उल्लेख गरेका छन् । यस्तै देशको स्वाभीमान सुहाउँदो, पुर्खाले दिएको अभिभाज्य, सवल सक्षम नेपालको व्यवस्था हुन सक्छ भन्ने मान्यता वोकेका र यस मान्यताको प्राप्तिका लागि संघर्ष गरी रहेका तमाम समान विचार भएका व्यक्ति, संघसंस्था, दलहरु एक भएर एकिकृत राप्रपा वनाउनु पर्ने आजको आवश्यकता हो ।’ विष्टले विज्ञप्ति मार्फत कुनै पनि नाम र बाहनामा संविधानको समर्थन गर्न नहुने बताउँदै सरकारबाट राप्रपा नेपाल फिर्ता हुनुपर्ने माग समेत गरेका छन् । संविधान जारी भए पछि अझ जातीय, क्षेत्रिय, धार्मिक लगायतका क्षेत्रमा देशको जनमानस दुर्दान्त तवरले विभाजित भएको विष्टको आरोप छ । एकता प्रक्रियामा थप धक्का विभिन्न समयमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रवादी शक्तिहरुबीच एकताको अवस्यकता रहेको चर्चा गर्दै आएका छन् । तर, यसमा सार्थक पहलकदमी भने हुन सकेको छैन । यसै सन्दर्भमा थापाको राप्रपा नेपाल र लोकेन्द्र बहादुर चन्द नेतृत्वको राप्रपाबीच एकता वार्ता अघि बढिरहेको छ । तर एकता हुने सम्भावना निकै न्युन भएको एक नेताले रातोपाटीलाई बताए । ति नेताले भने –एकताको लागि वार्ता प्रक्रिया अघि बढेको लामो समय भइसक्यो । अब बैशाख मात्रै पर्खिन्छौं । त्यतिबेलासम्म एकता हुन सकेन भने यो च्याप्टर नै क्लोज हुन्छ ।’ राप्रपा नेपालले एक महिनामात्रै एकताको लागि कुर्ने भन्नुलाई कतिपयले एकताको कुरा नमिलेकाले अब यतातार्फ नलाग्ने भनिएको हो । स्रोतका अनुसार एकताको लागि कमल थापाले आफ्नै नेतृत्वमा जोड दिएपछि एकताको सम्भावना टरेको छ । सोहि कारण अहिले दुई पक्षबीच वार्ता प्रक्रिया नै अवरुद्व अवस्थामा छ । यसरी राप्रपासँग कुरा नमिल्नु र विष्ट समुहपनि थापाले पार्टीमा मनोमानी गरेको भन्दै विद्रोहको तयारी गरेपछि राष्ट्रवादी शक्ति एक हुने सम्भावना टरेको छ । बरु विष्ट समुह राप्रपा नेपालबाट फुटेर राप्रपामा विलय हुने सम्भावना छ । विष्टको आगामी बाटो राप्रपा नेपालको वीरगन्ज बैठकले तय गर्ने बुझिएको छ । वीरगन्ज बैठकबाट फरक मत राख्ने विष्ट समुहलाई स्पष्टिकरण या कारबाही गरिए पार्टी फुट्ने खतरा रहेको र फुटपछि चन्दसँग विष्ट समुहको एकता हुने सम्भावना रहेको एक नेताले बताए । अब के गर्लान् कमल थापा ? स्रोतका विष्ट समुहबिनै पनि कमल थापा राप्रपामा शक्तिशाली नै हुनेछन् । तर वैकल्पिक शक्ति बनाउने ध्याउन्नमा रहेको राप्रपा नेपाललाई कडा चुनौति भने दिन सक्छ । एकातिर चन्द राप्रपासँग एकता पनि नहुने र अर्कोतिर विष्ट समुहपनि नहुँदा स्वभाविकै रुपमा थापालाई धक्का भने लाग्ने देखिन्छ । यदी पार्टी एकता कायमै राख्ने हो भने थापाले पहलकदमी लिनुपर्ने देखिन्छ । ताकि उनीहरुले उठाएका मागलाई सम्बोधन होस् । तर, संस्थापनले फरक मतको सम्मान गर्नुको साटो उल्टै यसअघिको लावती समुहजस्तै व्यवहार गरेको खण्डमा भने कमल थापा एक झुण्डका नेतामात्रै बन्ने कतिपयको भनाई छ । राप्रपा नेपाल निकट स्रोतका अनुसार थापा राप्रपा नेपाललाई आफ्नो पर्यायका रुपमा लिन चाहन्छन् । ‘थापाकै एजेण्डाको आधारमा पार्टी अहिलेको अवस्थामा एक मत भएको कुरालाई अस्विकार गर्न सकिन्न तर थापा एक्लैले जस लिन खोज्नु चाहिँ गलत हो’ एक नेताले भने, ‘उनले अब फरक मतको पनि सम्मान गर्दै पार्टीलाई मिलाएर लैजान सक्नुपर्छ ।’ तर, विगतको परिपाटीलाई हेर्दा थापाले विष्ट समुहलाई मिलाएर लैजाने सम्भावना निकै कम रहेको ति नेताको बुझाइछ । यद्यपी थापाले अब के गर्छन् त्यसका लागि वीरगन्ज बैठकको निर्णय कुनुपर्ने टड्कारो बनेको छ । अब थापाको सामु तड्कारो रुपमा तीन वटा विकल्प रहनेछन् । उनी फरक मतलाई सम्मान गर्दैपार्टीलाई एकताबद्ध बनाउने छन वा गुटको नेतामा मात्रै रमाएर बस्नेछन् । पहिलो विकल्प उनको लागि यो हुनेछ । विष्ट समूहले माग गरे जस्तै उनी सबैको नेता बन्ने वा गुटको थापाका लागि दुवै विकल्प खुला रहनेछ । दोस्रो उनले आफूले भन्दै आएको राष्ट्रवादी शक्तिसँगको एकता प्रक्रियालाई अगाडि बढाउन ठूलो छाती गर्ने वा के ? त्यस्तै तेस्रो विकल्प भने तत्काल उनका लागि फाइदाजनक रहनेछैन । त्यो हो, खाइपाई आएको उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयसहितको पद त्यागेर सरकारबाट बाहिरिनु । थापाले कुन विकल्प रोज्छन् त्यसैका आधारमा उनको आगामी राजनीतिक भविस्य निर्धारण हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप