शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

वर्षात् सुरु हुनु अगावै पुनःनिर्माण : उपप्रधानमन्त्री गच्छदार

बुधबार, १७ चैत २०७२, १४ : ३५
बुधबार, १७ चैत २०७२

चितवन– उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारले वर्षात् सुरु हुनु अगाडि नै पुनःनिर्माणको काम सम्पन्न हुने बताएका छन् ।

आज भरतपुरमा पत्रकारसँग कुराकानी गर्दै उनले कार्ययोजना तयार गर्न ढिलाइ भएकाले पुनःनिर्माणका कार्य ढिला भएको स्पष्ट पारे ।  उपप्रधानमन्त्री गच्छदारले वर्षात् सुरु हुनुअघि नै भूकम्प प्रभावित जनतालाई आवास निर्माणको काम सक्ने गरी सरकारले काम गरिरहेको दावी गरे ।

सरकारको मुख्य प्राथमिकता विकास निर्माण रहेको भन्दै उनले विकास निर्माण र पुनःनिर्माणको कामलाई सँगसँगै अगाडि बढाउने बताए ।

भारतसँगको चिसिएको सम्बन्ध सुधारका लागि भारत भ्रमण र ऊर्जा सङ्कटबाट मुलुकलाई माथि उठाउन चीन भ्रमण फलदायी रहेको उनको भनाइ थियो ।

वार्ताकै माध्यमबाट मधेसका मुद्दा र राजनीतिक मुद्दा समाधान गर्नुपर्ने बताउँदै उपप्रधानमन्त्री गच्छदारले संविधान संशोधन गरेर सबै समस्याको समाधान खोज्नुपर्ने बताए ।

उनी नेपाल निर्माण व्यवसायी महासङ्घको १८ औँ साधारणसभा एवम् रजतजयन्ती शभारम्भमा सहभागी हुन चितवन आएका थिए । उनको दुई दिनसम्म चितवनमा रहने कार्यक्रम छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप