ट्र्याक्टरले किच्दा एकजनाको ज्यान गयो
बुधबार, १७ चैत २०७२, १४ : ३९
सोलुखुम्बु–नेचाबतासे–७ सोलुखुम्बुमा ट्र्याक्टरले किच्दा एक जनाको ज्यान गएको छ ।
आज बिहान लु३प २३१५ नम्बरको ट्र्याक्टरले किच्दा नेचाबतासे–७ का दामुरे शेर्पाको छोरो १४ वर्षीय फु साङ्गे शेर्पाको ज्यान गएको इलाका प्रहरी कार्यालय नेचाबतासेका प्रहरी निरीक्षक रविभूषणप्रसाद यादवले जानकारी दिए ।
प्रहरी निरीक्षक यादवका अनुसार ओखलढुङ्गाबाट नेचाबेतघारी आउँदै गरेको ट्र्याक्टर ड्राइभरसँगै बसेका शेर्पा एक्कासि हामफाल्दा ट्र्याक्टरले किचेर ज्यान गएको हो ।
अहिले ट्र्याक्टर र चालक दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको पनि प्रहरी निरीक्षक यादवले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण