इ–बस ल्याउने विषय अन्योलमा
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले चीन सरकारको सहयोगमा ल्याउन लागिएको विद्युतीय बस (इ–बस) ल्याउने विषय अन्योलमा परेको छ ।
इ–बस खरिदका लागि अध्ययनको प्रक्रिया पूरा गरिसक्दासमेत सरकारले खासै वास्ता नगरेकाले काम अघि नबढेको महानगरपालिकाका सार्वजनिक निजी साझेदार शाखा प्रमुख शिव अधिकारीले जानकारी दिए ।
उनका अनुसार चीनको मोटर कम्पनी सिआरआरसिटीका चिनियाँ प्रतिनिधिले उपत्यकामा बस ल्याउनको लागि गरेको सडक अध्ययनको प्रतिवेदन समेत बुझाइसकेको छ । सुरुको समयमा जस्तो बस ल्याउने विषयको सक्रियता अहिले देखिँदैन अधिकारीले भने ।
“विद्युतीय बस ल्याउन महानगरपालिका तयार रहे पनि सरकारका तर्फबाट प्रतिक्रिया नआएकाले आलटाल भएको हो, आशा छ केही दिनमा सरकारका तर्फबाट सकारात्मक धारणा आउने छ”– अधिकारीले भने ।
चीनले नेपाललाई २० वटा बस अनुदानमा दिने तथा नेपालले १० वटा किन्नेबारे सहमति भएको थियो । सोहीअनुरुप काठमाडौँ महानगरपालिले सोहीअनुरुप काम थालेको थियो । त्यसका लागि चिनियाँ टोली नेपाली सडकको अध्ययन गरेर चीन फर्किसकेका छन् ।
चीनले अनुदानमा उपलब्ध गराउन लागेको सो विद्युतीय बस दिनमा एकपटक दुई घन्टा चार्ज गरेपछि २०० किलोमिटर चल्छ ।
चीन सरकारले सुरुमा ३५ सिट क्षमताको विद्युतीय मिनीबस सहयोगको प्रस्ताव गरेको थियो । तर महानगरपालिकाले भने कम्तीमा पनि ४० वटा सिट भएको बस माग गरेकाले सोहीअनुसारको बस दिन चीन तयार भएको छ ।
त्यस्तै चीन सरकारले एकवटा ढोका भएको बस दिने भनेकामा महानगरपालिकाले उक्लने तथा ओर्लने गरी दुईवटा ढोकासहितको कम्तीमा ११ मिटर लामो बस माग गरेको छ ।
महानगरका अनुसार ती अत्याधुनिक एवम् ठूला इ–बस साझा यातायातमार्फत सार्वजनिक सवारीका रुपमा उपत्यकामा प्रयोग गरिने बताइएको छ । चीनबाट नेपालले ३० वटा विद्युतीय बस ल्याउन लागेको हो । चीनले उपलब्ध गराउन लागेका ती बसको मूल्य रु ८० करोड लाग्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण