शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

भक्तपुरमा १२ हजार नयाँ मतदाता थपिए

बुधबार, १७ चैत २०७२, १५ : ५७
बुधबार, १७ चैत २०७२

भक्तपुर – दोस्रो संविधानसभा निर्वाचनपछि भक्तपुरमा १२ हजार मतदाता बढेका छन् । २०७० सालको संविधान सभाको निर्वाचन भन्दा अगाडी १ लाख ४९ हजार ५ सय ५८ रहेकोमा २०७२ फागुन मसान्त सम्म १२ हजार ७ सय ५ जना वृद्धी भएको जिल्ला निर्वाचन अधिकृत उमेश राइले बताए । वृद्धी भएको मतदाता संख्यामा महिला ६ हजार ३ सय ९७ तथा पुरुष मतदाताको संख्या ६ हजार ३ सय ८ जना रहेका छन् । गत फागुन १४ गते देखि २५ गते सम्म चलाइएको मतदाता नामवली संकलन तथा अध्यावधिक विशेष कार्यक्रममा थप ७ सय ७२ जना रहेका छन् । २०६७ साल देखि निरन्तर मतदाता नामावली अध्यावधिक कार्यक्रम संञ्चान भएको तथा जिल्ला प्रशासनमा दैनिक नामावली संकलन हुने भएकाले जनसहभागीता सकारात्मक रहको राईले बताए । भक्तपुरको मध्यपु्र नगरपालिकाको ६ वटा र भक्तपुर नगरपालिकाको ७ वटा वडामा अध्यावधिक विशेष कार्यक्रम संञ्चालन हुन बाकीँ रहेक जिल्ला निर्वाचन अधिकृत राईले बताए । भक्तपुरमा महिला मतदाताको संख्या ८२ हजार ३ सय ६५ तथा पुरुष मतदाताको संख्या ७९ हजार ८ सय ९८ जना रहेका छन् । २०७२ फागुन मसान्त सम्म भक्तपुरमा कुल मतदाताको संख्या १ लाख ६२ हजार २ सय ६२ जना रहेको राईले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप