भाइरल : विमान अपहरणकारीसँग ‘बेस्ट सेल्फी’
काठमाडौं – यदी तपाईं चढिरहेको विमान कसैले अपहरण गर्यो भने तपाईंको प्रतिक्रिया कस्तो होला ? पक्कै पनि अतालिनुहुन्छ । तपाईंको पहिलो ध्यान भनेको कसरी सुरक्षित रुपमा विमानबाट निस्किनुनै हुनेछ । मंगलबार अपहरणमा परेको इजिप्ट एयरको विमान अपहरण हुँदा अधिकांशको दिमागमा पनि त्यही घुमिरहेको थियो । साइप्रसमा आकस्मिक ल्याण्ड गराएर पाँच घण्टासम्म अपहरण गरेर राख्दा विमानका चालक दलसमेत त्यही सोचिरहेका थिए । त्यही भएर अपहरण प्रकरण अन्त्य हुन लाग्दा चालक दलका सदस्य विमानको ककपिटबाट भाग्दै गरेको दृश्य देखिएको थियो भने त्यसअघि नै रिहा गरिएका यात्रुहरु सुरक्षित रुपमा बाहिर निस्कन पाउँदा खुसियाली मनाइरहेका थिए । विमानमा रहेको भनिएको ५६ मध्ये ५५ जनाकोको पहिलो प्राथमिकता त्यही थियो । तर, एक व्यक्तिले भने आफ्नो शरीरमा बम भिरेको भनिएको अपहरणकारीसँग विमानमा नै सेल्फी खिच्न पाए, त्यो पनि खिच्च हाँसेर । विमान अपहरण जारी रहेको अवस्थामा विश्वले उक्त समाचारलाई नजिकबाट निहालिरहेको थियो । त्यही बेला ती व्यक्ति र अपहरणकर्ताको तस्विर समाचारमा आएपछि उनी एकाएक चर्चाको पात्र भए । समाजिक सञ्जालमा उनी भाइरल बने । को हुन् ती व्यक्ति ? अपहरण प्रकरण अन्त्य भएपछि धेरै मिडियाले ती व्यक्तिलाई पछ्याए । त्यति व्यक्ति उनी बेलायतको लिड्समा बस्ने बेन इन्स भन्ने पत्ता लाग्यो । तेल कम्पनीमा काम गर्ने इन्स अपहरणका दौरानमा प्लेनमा बाँकी रहेका केही यात्रु मध्येका थिए । पत्रकारहरुको प्रश्नमा उनले अपहरणकर्ताले आफ्नो शरीरमा लगाएको बमसहितको बेल्ट सक्कली हो कि नक्कली भनेर पहिचान गर्न तस्विर खिचेको बताएका छन् । पछि, उक्त बेल्टमा भएको बम नक्कली भएको खुलासा भइसकेको छ । २६ वर्षीय इन्सले द सनलाई भनेका छिन्, ‘आखिर मसँग त्यो बेला गुमाउने पनि केही थिएन । ‘म अप्ठ्यारो घडीमा पनि हाँस्न चाहन्थे । त्यही भएर मुस्कानसाथ तस्विर खिचे,’ उनले भनेका छन्, ‘मैले तस्विर लिन आग्रह गर्दा उनी माने र विमान परिचारिकाले तस्विर खिचिदिइन् ।’ उनी यसलाई ‘बेस्ट सेल्फी’ को संज्ञा दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण