एसएलसी परीक्षाः भक्तपुरका तीन केन्दमा केन्द्राअध्यक्षदेखि सुरक्षाकर्मीसम्म सबै महिला
भक्तपुर –विहीबारदेखि शुरु हुने एसएलसी परीक्षामा भक्तपुरका तीन परीक्षा केन्द्रमा केन्द्राअध्यक्ष देखि सुरक्षाकर्मी सम्म सबै महिला राखिने भएको छ । विद्यार्थी निकेतन मावि साकोथा,आर्दश उच्च मावि लायकु र बासुउच्च मावि व्यासीमा केन्द्राध्यक्ष, सहायक निरीक्षक, सहयोगी र प्रहरी सबै महिला राख्ने तयारी भएको जिल्ला शिक्षा अधिकारी दिनेश कुमार श्रेष्ठले बताए । उनका अनुसार विद्यार्थी निकेतन मावि साकोथामा सर्जनी जोशी, आर्दश उच्च मावि लायकुमा विद्यादेबी चित्रकार र बासुउच्च मावि व्यासीमा अम्बिका न्याईच्याई केन्द्राध्यक्ष रहेका छन् । एसएलसी परीक्षाको लागि भक्तपुरमा २३ वटा परीक्षा केन्द्र तोकिएको छ । एक्जामटेडतर्फका सबै विद्यार्थीहरुको लागि बासु उच्च माविमा परीक्षा केन्द्र तोकिएको कार्यालयले जनाएको छ । यो वर्ष भक्तपुरका १ सय ८४ विद्यालयबाट विद्यार्थीहरु एसएलसीमा सहभागी हुनेछन् । जस मध्ये सामुदायीक तर्फ ४१ र संस्थागत तर्फ १४३ विद्यालय सहभागी रहेका छन् । यस वर्ष भक्तपुरबाट नियमित तर्फ ५ हजार ५ सय ४ जनामा छात्र तर्फ २ हजार ७ सय ५७ र छात्रा तर्फ २ हजार ७ सय ४७ रहेका छन् । तथा एक्जामटेड तर्फ छात्र तर्फ १ सय २७ र छात्रा तर्फ २ सय २३ जना गरी कुल ३ सय ५० जना गरी एसएलसी परीक्षामा सहभागी हुने जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ । जस मध्ये ४ जना विद्यार्थी शारीरीक रुपमा अशक्त विद्यार्थी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण