शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

म्यानमारमा आधा दशकपछि निर्वाचित नागरिक राष्ट्रपतिद्वारा सपथ

बुधबार, १७ चैत २०७२, १८ : ४७
बुधबार, १७ चैत २०७२

म्यानमार - म्यानमारका नवनियुक्त राष्ट्रपति टिन च्योले बुधबार आफ्नो पदको सपथ लिकाछन् । बुधबार राजधानी नेपित्वमा विशेष कार्यक्रमका साथ उनलाई सपथ गराइएको छ । म्यानमारमा ५० वर्षमा पहिलो निर्वाचित राष्ट्रपतिले सपथ लिएका हुन् । यहाँकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीको प्रमुख सहयोगीका रुपमा रहेकी उनी लामो समयपछि म्यानमारको नागरिक सरकारको नेतृत्वकर्ताका रुपमा आएका छन् । म्यानमारमा प्रजातन्त्रका लागि आफ्नो आजसम्मको जिवन अर्पण गरेकी ७० वर्षीया नेत्री सुकीलाई म्यानमारको वर्तमान संविधानले राष्ट्रपति बन्न प्रतिबन्धित गरेको छ । सोही कारणले नयाँ राष्ट्रपतिका रुपमा आफ्ना सबैभन्दा नजिकका अर्का नेता च्योलाई अघि सारेका हुन् । उनी सन् २०११ देखि म्यानमारको सैनिक सरकारले सुरु गरेको भनिएको प्रजातान्त्रिक सुदृढिकरण अभियानको पिछल्लो प्रगतिका रुपमा यस पदमा निर्वाचित भएका हुन् । गएको नोभेम्बर महिनामा भएको आमनिर्वाचनपछि म्यानमारमा प्रजातन्त्रको उदय भएको हो । गत नोभेम्बरको सो निर्वाचनमा सुकीको दल नेशनल लिग फर डेमोक्र्यासीले अत्यधिक मत प्राप्त गरेको थियो । सो दलले म्यानमारको प्रजातान्त्रिक इतिहासमा सफल बहुमत अर्थात म्यानमारको संसदमा ८० प्रतिशत स्थान हासिल गरेको हो । त्यस बाहेकका अन्य स्थानमा अहिले पनि म्यानमारको सैनिकआबद्ध दलहरुकै उपस्थिति रहेको छ । नोभेम्बरमा यहाँ सैनिक सहयोगको सरकार नै थियो । यसरी सैनिकको सरकारले गराएको आमनिर्वाचनमा पनि यतिधेरै सफलता हातपार्नुलाई म्यानमारमा प्रजातान्त्रको सफलताका रुपमा हेरिएको छ । सुकीका पुराना स्कुले साथी रहेका राष्ट्रपति च्योले भन्नुभएको छ– म म्यानमारको प्रजातान्त्रिक अभियानलाई थप बलियो र सशक्त बनाई नागरिकको मप्रतिको इच्छा र अपेक्षालाई मर्न नदिई काम गर्नेछु । म्यानमारमा नागरिक सरकारले आफ्ना कार्यारम्भ गर्न पाउला कि नपउला भन्ने संशय नागरिकमा रहेका बेला म्यानमारको सैनिकले भने सहजै शक्ति हस्तान्तरण गरिदिएको छ । साथै म्यानमारको सैनिकले आगामी दिनमा पनि नागरिक सरकारसँग मिलेर कामगर्ने र देशको विकास र नागरिकको ईच्छा अपेक्षा बमोजिम सरकारसँग सहकार्यका साथ अघि बढ्ने प्रतिबद्धता सैनिक प्रमुखले हालै व्यक्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप