शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

पार्टी संगठनले कारवाही माग गर्ने, प्रधानमन्त्रीले सम्मान गर्ने

बुधबार, १७ चैत २०७२, १८ : ४४
बुधबार, १७ चैत २०७२

काठमाडौं – आफ्नै पार्टीको संगठनले कारवाहीको माग गरेका व्यक्तिलाई नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका छन् । प्रशंग हो, रिपोर्टस क्लब नेपालको १८ औं वार्षिक उत्सवको । सत्तारुढ दल नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववीयुले आयल निगमका प्रमुख गोपालबहादुर खड्कालाई कालोबजारीमा संलग्न रहेको भन्दै कारवाहीको मागसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेको थियो ।

तर, प्रधामन्त्री ओलीले खड्कालाई नै सम्मान गर्न पुगेका छन् । रिपोर्टस क्लबले खड्काका लागि तयार गरेको ‘हार्दिक अभिनन्दन’ सहितको सम्मान पत्र प्रम ओलीले हस्तान्तरण गरे । क्लबले कार्यक्रममा गिरिजाप्रसाद कोइराला बरिष्ठ पत्रकारिता पुरस्कार, तारीणीप्रसाद कोईराला स्मृती पत्रकारिता पुरस्कार, कृष्णसेन इच्छुक स्मृती पत्रकारिता पुरस्कार, बाबुछिरी शेर्पा स्मृती फोटो पत्रकारिता पुरस्कार, उमा सिंह स्मृती पत्रकारिता पुरस्कार, विरेन्द्र साह स्मृति पत्रकारिता पुरस्कार, उत्कृष्ट यूवा पत्रकारिता पुरस्कार सहित विभिन्न ब्यक्तित्वहरुलाई सम्मान गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप