शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

इंग्ल्याण्डसामु अपराजित न्युजिल्याण्डको चुनौति

बुधबार, १७ चैत २०७२, १८ : ५४
बुधबार, १७ चैत २०७२
काठमाडौं – पछिल्लो समय निकै फर्ममा रहेको न्युजिल्याण्डले फाइनल प्रवेशका लागि आज इंल्याण्डको सामना गर्दैछन् । प्रतियोगिताको सुरुआती खेलमै न्युजिल्याण्डका तीन स्पिनरले नागपुरमा आयोजक भारतलाई हार चखाएका थिए । त्यस्तै मिट्चेल म्याकक्लिनागनले अस्ट्रेलियालाई धर्मशालामा नमिठो हार चखाउन महत्वपूर्ण भूमिका खेले । मोहालीमा एडम मिल्ने निकै खतरनाक साबित भए । कोलकत्तामा फेरि तिनै खेलाडी लयमा देखिदाँ न्युजिल्याण्ड विजयी भयो । न्युजिल्याण्डले सन् २०१५ मा एसियाको पिचमा एक खेल पनि खेलेको थिएन । यस वर्ष एकैपटक विश्वकप खेल्न न्युजिल्याण्ड एशिया आएको थियो । तर केन विलियमसनको कप्तानिमा न्युजिल्याण्ड निकै उत्कृष्ट देखियो र अपराजित रहेर सेमिफाइनलको यात्रा गर्यो । वेस्ट इन्डिजसँग सुरुआती खेलमा पराजित भएपछि न्युजिल्याण्डको प्रतिद्वन्द्वी इंल्याण्डले पनि बाँकी खेलमा उत्कृष्ट खेलेको छ । दक्षिण अफ्रिका विरुद्ध २ सय ३० रनको विजयी लक्ष्य पछ्याउँदै इंग्ल्याण्डले आफ्नो गुमेको साख फर्कायो । यस खेलपछि इंग्ल्याण्डले अफगानिस्तान र श्रीलंकालाई हराएर सेमिफाइनमा स्थान बनाएको हो । इंग्ल्याण्डका ब्याट्सम्यान जोय रुट पछिल्लो समय निकै फर्ममा छन् । यसबाहेक इंग्ल्याण्ड कोट्लाको वातावरणमा समेत घुलमिल भइसकेको छ । यसअघि नै इंग्ल्याण्डले यस मैदानमा दुई खेल खेलिसक्यो । इंग्ल्याण्डको बलिंग प्रतियोगितामा राम्रो देखिएको छैन् । तर बलियो न्युजिल्याण्डको पनि ब्याटिंग सोचेजस्तो चलेको छैन् । मार्टिन गुपटिलले एक अर्धशतक बनाए पनि अन्य ब्याट्सम्यानले प्रतियोगितामा अर्धशतक समेत बनाउन सकेका छैनन् । न्युजिल्याण्डले अहिलेसम्म प्रतियोगितामा विजयी लक्ष्य पछ्याउनु परेको छ्रैन् । त्यसैले दोस्रो इनिग्समा ब्याटिंग गर्दा न्युजिल्याण्डले कस्तो खेल्छ भन्ने थाहा छैन् । पछिल्ला ५ म्याचमा इंग्ल्याण्डले तीन जित तथा दुई हार आत्मसात् गरेको छ भने न्युजिल्याण्ड अपराजित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप