क–कसले पाए रिपोटर्स क्लबको पुरस्कार ?
काठमाडौं – रिपोर्टर्स क्लव नेपालले आफ्नो वार्षिक उत्सवको अवसरमा बुधबार रातोपाटीका प्रधानसम्पादक ओम शर्मासहितका सञ्चारकर्मीहरुलाई पुरस्कृत गरेको छ । क्लबले यसवर्षको कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार रातोपाटीका प्रधानसम्पादक शर्मालाई प्रदान गरेको छ । पुरस्कारको रासी २५ हजार रहेको छ । पुरस्कृत भएसँगै शर्माले सो रकम कृष्णसेन स्मृति प्रतिष्ठानलाई दिने बताएका छन् । यसैगरी क्लबले यसवर्षको गिरिजाप्रसाद कोइराला स्मृति बरिष्ठ पत्रकार पुरस्कार संयूक्त रुपमा नागरिक दैनिकका सम्पादक गुणराज लुईटेल र देशान्तर साप्ताहिकका प्रधान सम्पादक कविर राणालाई प्रदान गरेको छ । सो पुरस्कारको रासी एक लाख रुपैया रहेको छ । त्यसैगरी क्लबले तारणीप्रसाद कोइराला स्मृत्ति पत्रकारिता पुरस्कार पनि संयूक्त रुपमा अन्नपूर्ण पोष्टका नायब सम्पादक चुडामणी भट्टराई र नेपाल टेलिभिजनका प्रमुख समाचार सम्पादक राजु सिलवाललाई प्रदान गरेको छ । सो पुरस्कारको रासी ५० हजार रहेको छ । त्यसैगरी यो वर्षको बाबु छिरिफोटो पत्रकारिता पुरस्कार नयाँ पत्रिका दैनिकका फोटो पत्रकार अमुल थापलाई प्रदान गरिएको छ । सो पुरस्कारको रासी २० हजार रुपैया रहेको छ । त्यसरी नै २० हजार रुपैयाँ राशीको वीरेन्द्र शाह स्मृति पत्रकारिता पुरस्कार द हिमालयन टाइम्स अंग्रेजी दैनिकका कार्यकारी राजनीतिक ब्युरो चिफ रामकुमार कामतलाईप्रदान गरिएको छ । २० हजार रासीको सर्वोत्कृष्ट यूवा पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका बरिष्ठ उपसम्पादक बसन्त बस्नेतलाई प्रदान गरिएको छ । क्लवले यस वर्षको ‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार’ द काठमाडौं पोष्टका वरिष्ठ उप–सम्पादक कमलदेव भट्टराई र रेडियो नेपालका समाचार निर्देशक खगेन्द्र खत्रीलार्यप्रदान गरिएको छ । यसैगरी उमा सिंह स्मृती महिला पत्रकारिता पुरस्कार इमेज च्यानलकी वरिष्ठ संवाददाता सरस्वती कर्माचार्यलाई दिने निर्णय गरेको छ । यो पुरस्कारको राशी २० हजार रुपैयाँ रहेको छ । कुलप्रसाद–चेतकुमारी धमला स्मृति मोफसल पत्रकारिता पुरस्कार भने नेपाल बाणी नेटवर्कका समाचार निर्देशक दामोदर दवाडीलाई प्रदान गरिएको छ । सो पुरस्कारको रासी २० हजार रुपैया रहेको छ । त्यसैगरी क्लबले बार्षिक उत्सवको अवसरमा क्रियाशिल यूवा पत्रकारिता सम्मानबाट विभिन्न सञ्चारमाध्यममा कार्यरत यूवा पत्रकारहरुलाई सम्मान गरेको छ । यसरी सम्मानित हुने हरुमा नारायण न्यौपाने रासस, मधुजंग रायमाझी, नेपाल समाचार पत्र, श्यामहरी पुडासैनी, जयप्रकाश त्रिपाठी, घटना र विचार साप्ताहिक, सोमराज पोख्रेल, ईमेज एफएम, बलराम पाण्डे, बाह्खरी डटकम, माधव धिताल, सेतोपाटी डटकम, रमेश सापकोटा, नयाँ पत्रिका दैनिक, मधुजंग पाण्डे, राजधानी दैनिक, रामजी बगाले, जनसवाल दैनिक, दया नीधि भट्ट, काठमाडौ टुडे डटकम, विकास थपलिया, न्यूज २४ टेलिभिजन, मदनकुमार श्रेष्ठ, मध्यान्ह दैनिक, गजेन्द्र बस्नेत सगरमाथा टेलिभिजन, गंगाधर पराजुली, प्रमोद न्यौपाने एभिन्यूज टेलिभिजन, पवन आचार्य, रेडियो कान्तिपुर, विपेन्द्र कार्की, कारोवार दैनिक, राजन शर्मा पौडेल एवीसी टेलिभिजन, टेकबहादुर खड्का नेपाल टेलिभिजन, पर्वत घिमिरे कान्तिपुर टेलिभिजन, पशुपति बुढाथोकी, कान्तिपुर टेलिभिजन, प्रतिक लामिछाने, ईमेज च्यानल, गणेश खनियाँ, एबीसी टेलिभिजन, रोसन थापा, वाईपी घिमिरे हिमालय टेलिभिजन, कमल श्रेष्ठ, प्रभाव दैनिक, प्रतिक्षा शर्मा, माउण्टेन टेलिभिजन, ईन्दीरा ढकाल, हिमालय टेलिभिजन, रामचन्द्र अर्याल, अनिल गौतम, सौजन्य मिडिया प्राली, मंगल लामा, अमन महर्जन, विनोद कटुवाल, अमृत बानीयाँ, खिलराज विमली, लक्कि चौधरी गोरखापत्र दैनिक र दराईजीङ नेपालका लिलाधर उपाध्याय रहेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण