महानगरलाई सुन्दर बनाउन तम्सिएका एक युवा
काठमाडौं–मुलुकको राजधानी अनि एकमात्रै महानगरपालिका भएको काठमाडौंका अधिकांश सहरी क्षेत्र रातको समयमा अन्धकार हुन्छ । बढ्दो ऊर्जा संकटका कारणमात्रै महानगर अन्धकार भएको होइन वैकल्पिक ऊर्जाको समुचित प्रयोग हुन नसक्नु पनि यसको मुख्य कारण हो । हुन त महानगरलाई झिलिमिलि बनाउने उद्देश्यका साथ विभिन्न प्रयासहरु भइरहेका छन्, तर सोको प्रभावकारी कार्यान्वयन हुन नसक्दा यसले मूर्त रुप लिन नसकिरहेको सरोकारवालाहरु बताउँछन् ।
बढ्दो उर्जा संकटका कारण देशमा आम सर्वसाधारणले लोडसेडिङ खेप्न बाध्य रहेको अवस्थामा सौर्य ऊर्जाको प्रयोग उत्तम विकल्प हुन सक्छ । यसमाथि महानगरको सुन्दर गहना मानिने सडक वत्तीको सवालमा सौर्य ऊर्जा जस्तो उत्तम विकल्प अरु केहि हुन नसक्ने व्यवसायी तथा समाजसेवी रोशन (रंजनराज ) श्रीवास्तव बताउँछन् । अध्याँरो महानगरलाई उज्यालो र सुन्दर बनाउने अभियानमा लागेका आर.ए.बी.एस. इन्टरनेसनल प्रा.लिका प्रवन्ध निर्देशक उनी राज्यले जिम्मेवारी दिए राज्यको लगानी बिनै आफूले महानगरलाई निशुल्क झिलिमिली बनाइदिने बताउँछन् ।
‘राज्यले मौका दिन्छ भने हामीमा महानगरलाई लाइट सिटी बनाउने सपना छ’, श्रीवास्तवले भने, ‘ हामीले त्यो कसैलाई देखाउन या व्यापारिक स्वार्थका लागि गर्न खोजेका होइनौं, यो विल्कुल महानगरलाई सुन्दर बनाउने एउटा अभियान हो ।’ राज्यको लागि केहि योगदान दिऔं भन्ने सोच बनाएका उनले यसैका लागि सडक विभागदेखि, ट्राफिक महाशाखा र काठमाडौं महानगरपालिकाका अधिकारीसम्मलाई भेटिसकेका छन् । त्यसका लागि उनले आफ्नो योजनाका फाइलहरु पनि पेश गरेका छन् । तरपनि कम्पनीले अहिलेसम्म सकारात्मक जवाफ पाउन सकेको छैन । महानगरलाई सुन्दर बनाउने आफ्नो योजनाअनुसार कम्पनीले सडक विभागमा प्रस्ताव पेश गरिसकेको भएपनि यो विषय ट्राफिक र महानगरपालिकासँग पनि सम्बन्धित भएकाले सबैतिरबाट स्वीकृति प्राप्त गर्न ढिलाई भएको छ । ‘हामी अहिले सबै निकायको स्वीकृतिको पर्खाईमा छौं, स्वीकृति प्राप्त हुँनासाथ ढिला नगरि काम सुरु गरिहाल्छौं’, श्रीवास्तव बताउँछन् ।
लाइट सिटी अभियान
पहिलो चरणमा ४ सय सोलार प्यानल जडान गर्ने कम्पनीले योजना बनाएको छ । जुन सबै निःशुल्क जडान गरिने श्रीवास्तवले बनाए । कम्पनीका अनुसार एक सोलार प्यानलको जडानमा एकदेखि डेढलाख खर्च हुनेछ भने जुन सोलार प्यानल अत्याधुनिक र किफायती हुनेछ । हुन त महानगरका केहि क्षेत्रमा हाल सोलार प्यानल जडान भएका छन् । ति सोलार प्यानल निकै खर्च गरेर जडान गरिएको भएपनि कतिपय त बिग्रिसकेको अवस्था छ । यस्तो अवस्थामा आउनुमा समयमा मर्मत सम्भार नहुनु नै मुख्य समस्या भएको बताइन्छ । यसो त अर्को कमसल प्यानलको प्रयोग पनि हो भन्छन्, श्रीवास्तव । तर, उनी कम्पनीले उच्च प्रविधियुक्त प्यानलको साथै सेवा पनि स्तरीय दिने बताउँछन् । उनी भन्छन्, ‘करोडौं खर्च गरेर सरकारी तबरबाट जडान भएका सोलार प्यानलहरु कामहीन हुनुको कारण समयमा उचित मेन्टेनेन्स नभएर नै हो । यस्तै कमसल खालको हुन पनि हो । तर हामीले जुन ल्याउने योजना बनाएका छौं त्यो अत्याधुनिक हो ।’ यस्तै कम्पनीले जडानको जिम्मा पाए हरेक १५ दिनमा मनिटरिङ गर्ने प्रतिबद्धतासहित प्रस्ताव सडक विभागमा पठाइएको पनि बताए । यसो त कम्पनीले यसअघि नै पनि राजधानीका विभिन्न चोकहरुमा निर्माण गरेको ट्राफिक अम्ब्रेलामा समेत सोलार लाइट जडान गरेको छ । जसको कारण चोकहरुमा रातको समयमा कुनै समस्या हुँदैन ।
करोडौं खर्च गरेर जडान गरिएको सोलार प्यानलमा फोहोर भरिएर क्रेनको अभाव देखाउँदै सफा नगरिएको उदाहरण भएको महानगरमा ‘डस्ट टु डाउन’ सिस्टममा आधारित सोलार प्यानल निकै उपयोगि हुने बताइन्छ । किनकी सो प्यानलको फाइदा के हो भने त्यसका लागि कुनै क्रेनको आवश्यकता पर्दैन । समय, श्रम र पैसाको किफायती हुन्छ ।
यतिमात्रै होइन कुनै कारणबस त्यहाँको वत्तीमा समस्या आएको खण्डमा तत्काल मर्मत गर्दै आएको छ । पहिलो चरणमा ट्राफिक अम्ब्रेला निर्माणमा जुटेका उनी अहिले राज्यको कुनै लगानी बिनै आफ्नै खर्चमा सोलार प्यानल जडान गरेर महानगरलाई लाइट सिटी बनाउने अभियानमा जुटेका हुन् ।
‘क्रेन होइन काम’
आरएबीएसले सोलार वत्तीमा जडान गर्ने एलइडी बल्ब हो भने सोलार ‘डस्ट टु डाउन’ सिस्टममा आधारित हुन्छ । सोलार प्यानलको तलै स्वीट हुन्छ । हरेक १५ दिनमा एउटा स्वीच दवाएको भरमा सोलार प्यानललाई सफा गर्न सकिन्छ । जुन वाइपर युक्त हुन्छ । करोडौं खर्च गरेर जडान गरिएको सोलार प्यानलमा फोहोर भरिएर क्रेनको अभाव देखाउँदै सफा नगरिएको उदाहरण भएको महानगरमा ‘डस्ट टु डाउन’ सिस्टममा आधारित सोलार प्यानल निकै उपयोगि हुने बताइन्छ । किनकी सो प्यानलको फाइदा के हो भने त्यसका लागि कुनै क्रेनको आवश्यकता पर्दैन । समय, श्रम र पैसाको किफयती हुन्छ । कम्पनीले सडक झिलीमिली बनाउने अभियान अन्तर्गत पहिलो चरणमा काठमाडौंको थापाथलीदेखि थापाथली चोक, त्रिपुरेश्वर हुँदै काठमाडौं महानगरपालिकासम्म तथा कान्तिपथ जमल हुँदै केशरमहल चोकसम्म सोलार प्यानल जडान गर्ने लक्ष्य लिएको छ । यस्तै केशर महल चोकदेखि, नारायणहिटी संग्राहलयसम्म तथा सिंहदरबार– पुतलीसक हुँदै कमलादी मोडसम्म पनि जडान गर्ने लक्ष्य लिएको छ । न्युरोड गेटदेखि भुगोलपार्कसम्मपनि कम्पनीको सोलार जडान गर्ने रोजाईको क्षेत्र हो । प्रायः मानिसहरुको भीडभाड र ढिलासम्म चहलपहल हुने सो क्षेत्र भएकाले कम्पनीले सो क्षेत्रलाई पहिलो चरणमा भनौंट गरेको हो । अन्य क्षेत्रमा क्रमश गरिनेछ । सम्बन्धित निकायबाट स्वीकृति हुनासाथ यि क्षेत्रहरुमा दूग्र गतिम कम अघि बढिहाल्ने श्रीवास्तव बताउँछन् ।
स्वदेशीबाट सम्भव हुँदा हुँदै विदेशी मोह किन ? अहिलेको युग आर्थिक समृद्धिको युग हो । देशको समृद्धिको लागि केहि गरौं भन्ने भावना भएका युवाहरु प्रशस्तै छन् देशमा । श्रीवास्तव आफैं युवा हुन् । रौतहट गौरका २७ वायै युवा उनी देशकै लागि केहि गर्न चाहन्छन् । तर, धेरै कामहरु स्वदेशीबाटै सम्भव हुँदा हुँदै पनि विदेशीलाई प्राथमिकता दिइँदा नमज्जा लाग्ने उनी बताउँछन् । ‘ नेपालमै भएको स्रोत साधनलाई सरकारले किन प्रोत्साहित नगर्ने ? हामीजस्ता व्यापारीलाई विकास निर्माणका काममा सरकारले किन प्रयोग नगर्ने ? यसरी स्वदेशमै नीजि क्षेत्रले काम गर्दा रोजगारीको वातावरण सिर्जना हुन्छ । फेरि राज्यबाट एक रुपयाँ पनि नलिइकन गरिने काम हो । तर पनि राज्यले विस्वास गर्दैन बरु देशलाई नै करोडौं भार पर्ने गरि विदेशीलाई जिम्मा दिइन्छ’, उनी भन्छन् । राज्यको लागि निस्वार्थ रुपमा काम गर्न चाहनेहरु धेरै भएको तर राज्यकै कारण काममा बाधा उत्पन्न भएको उनी बताउँछन् । उनी भन्छन्, ‘देशको हितका लागि काम गर्न खोज्यो तर जसले पनि व्यापारलाई जोडिदिन्छन् । कमिसनको खेल हुन्छ ।’ नीजि क्षेत्रले केहि काम राज्यको हितका लागि गर्न सक्छ भने त्यसका लागि उपयुक्त वातावरण बनाइनुपर्ने उनको जोड छ । महानगरले आफैंले पनि सोलार प्यानल जडान गर्न लागेको प्रति संकेत गर्दै उनी भन्छन्, ‘भुकम्पले देश तहस नहस छ, यस्तो अवस्थामा उसले सोलारमा हुने करोडौं खर्च भुकम्प पीतिडलाई वितरण गर्न सक्छ । राज्यले उसको प्राथिमिकताको आधारमा त्यसलाई खर्च गर्नुपर्छ किनकी राज्यले पहिलो प्राथमिकता नै जनता हो ।’ कम्पनीको सोचाई भनेकै देशविकाससँग जोडिने भएको श्रीवास्तव बनाउँछन् । हुन त कुनै काममा लगानी गरेपनि स्वाभाविकै रुपमा व्यावसायिक स्वार्थ जोडिन्छ । आफूहरुले पनि सोलार प्यानल र ट्राफिक अम्ब्रेलामा सामान्य प्रचार सामग्री राख्ने योजना बनाएको उनी बताउँछन् । तर, मुख्य उद्देश्य भनेको सुन्दर र झलमल्ल महानगर बनाउने नै भएको उनको तर्क छ । सरकारी स्तरबाट करोडौं खर्च गरेर उज्यालो महानगर बनाउने अभियान सफल हुन नसकिरहेको अवस्थामा नीजि क्षेत्रले यो अभियानमा चासो देखाउनु सकारात्मक भएको कतिपयको भनाई छ । यतिमात्रै होइन उपत्यकालाई झिलिमिलि पार्ने अभियान कार्यान्वयन भएको खण्डमा महानगर हरेक दृष्टिकोणले नमुना बन्नेमा दुईमत छैन ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण