विदुरमा पुनर्निर्माण प्राधिकरणको उपक्षेत्रीय कार्यालय स्थापना
बिहीबार, १८ चैत २०७२, ०७ : ५३
त्रिशूली(नुवाकोट)- नुवाकोटमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको उपक्षेत्रीय कार्यालय स्थापना भएको छ ।
नुवाकोट र रसुवा हेर्ने गरी विदुरस्थित जिविसको एक कोठामा उपक्षेत्रीय कार्यालय स्थापना गरिएको हो ।
उपक्षेत्रीय कार्यालयमा निमित्त उपक्षेत्रीय प्रमुखसहित दुई जना कर्मचारी रहेका छन् । कर्मचारी अभावमा जिल्लामा गत फागुन १२ गते नै उपक्षेत्रीय कार्यालय स्थापना गर्ने भनिए पनि स्थापना हुन सकेको थिएन ।
जिल्लामा भूकम्पपीडितको लगत सङ्कलनको काम भइरहेकाले लगत सङ्कलन कार्य सकिएपछि मात्र पुनर्निर्माणको काम अघि बढ्ने निमित्त उपक्षेत्रीय प्रमुख लालबाबु बस्नेतले बताए । कार्यालयमा आवश्यक थप कर्मचारीपछि आउने उनले उल्लेख गरे । रासस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण