शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

मात्र एक खेल हार्दै बाहिरियो ‘अभागी’ न्युजिल्याण्ड

बिहीबार, १८ चैत २०७२, ०९ : ४१
बिहीबार, १८ चैत २०७२

नयाँ दिल्ली – भारतमा जारी टी–२० विश्वकपमा न्युजिल्याण्ड मात्र एक खेल हार्दै सेमिफाइनलबाट बाहिरिएको छ । बुधबार राती नयाँ दिल्लीमा भएको खेलमा न्युजिल्याण्ड इंग्ल्याण्डसँग ७ विकेटले पराजित भएको हो । राम्रो टोली हुँदाहुँदै पनि हालसम्म कुनै ठूला प्रतियोगिता जित्न नसकेको न्युजिल्याण्डलाई क्रिकेटमा अभागी टोली मानिन्छ । त्यही श्रृंखला यस विश्वकपमा जारी रह्यो । हिजोको खेलअघि सम्म न्युजिल्याण्ड पछिल्ला १३ मध्ये १२ खेलमा अपराजित रहेको थियो भने यो प्रतियोगितामा अपराजित रहेको थियो । सुपर टेनमा भारत, अस्ट्रेलिया, पाकिस्तानजस्ता टोलीलाई धुलो चटाएको न्युजिल्याण्ड नकआउट चरणमा भने पराजित हुनपुग्यो र प्रतियोगिताबाट रित्तो हात बाहिरयो । पहिलो ब्याटिङ गर्दै न्युजिल्याण्डले १० ओभरमा १ विकेटको क्षतिमा ८९ रन बनाएको थियो जसमा कोलिन मुनरोले ४६ रन बनाए । तर, खेलको दोस्रो भागमा बेन स्टोनले ३ विकेट लिए पछि न्युजिल्याण्ड ८ विकेटको क्षतिमा १५३ रनमा सिमित बन्यो । पछिल्ला ४ ओभरमा २० रन मात्र बनाउन पुग्यो । जवाफमा जेसन रोयले ४४ बलमा ७८ रन बनाएपछि इंग्ल्याण्डले १७.१ ओभरमा न्युजिल्याण्डको चुनातै िपछ्यायो । खेलअघि रोयले ८ टी–२० खेलमा १३ को औसतले रन बनाएका थिए भने कहिले पनि ३० रन कटाएका थिएनन् । इयोन मोर्गनको टोलीले अब वेस्ट इन्डिज र भारतबीचको विजेतासँग कोलकातामा आइतबार फाइनल खेल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप