शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सिके राउतको देश टुक्र्याउने अभिव्यक्तिपछि टेलिभिजनलाई कारवाहीको तयारी, रिपोटर्स क्लबमा कार्यक्रम रद्द

बिहीबार, १८ चैत २०७२, १५ : २५
बिहीबार, १८ चैत २०७२

काठमाडौं – तराईं–मधेसलाई नेपालबाट अलग गराउनुपर्छ भन्दै त्यही अभियानमा लागेका डा. सिके राउतले बुधबार एक टेलिभिजनमा अन्तर्वार्ताको क्रममा पनि देश टुक्राउने अभिव्यक्ति दिएपछि त्यसले ठूलो विवाद पैदा भएको छ । यही विषयलाई लिएर प्रेस काउन्सिल नेपालले राउतको बिखण्डकारी विचारलाई बढावा दिएको भन्दै अन्तरवार्ता लिने एबिसी टेलिभिजनलाई पुर्जी काट्ने तयारी गरेको छ । प्रेस काउन्सिलका सदस्य किशोर श्रेष्ठले लेखेका छन्, ‘ देश टुक्र्याउने अभियानको हाकाहाकी सहयोगी बन्ने काम कुनै पनि हिसावले क्षम्य हुनै सक्दैन । ज़िम्मेवार पत्रकारिताबाट त यस्ता गतिबिधिमा मतियार हुने कुराको कल्पनासम्म पनि गर्न सकिन्न । यसै सन्दर्भमा प्रेस काउन्सिलले सिके राउतको बिखण्डनकारी बिचारलाई बढ़ावा दिएवापत एबिसी टिभी लाई आजै पुर्जी काट्न लागेको बुझिएको छ । यता, राउतले आज ऋषि धमला अध्यक्ष रहेको रिपोटर्स क्लबमा पनि पत्रकारहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय भए पनि विवादपछि कायक्रम रद्द गरिएको छ । प्रेस काउन्सिलले ध्यानाकर्षण गराएपछि धमलाले कार्यक्रम रद्द गरेका हुन् । रातोपाटीसँग कुरा गर्दै धमलाले भने, ‘देश टुक्राउने अभियानमा लागेकालाई बोलाउँदा लफडा हुने देखिएर कार्यक्रम रद्द गरेका हौं । प्रेस काउन्सिलले पनि ध्यानाकर्षण गराएको छ ।’ इन्काउन्टर गर्थे : दिपेश पुन

उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनले कडा आपत्ति जनाउँद्यै आफू भएको भए इन्काउन्टर गर्ने बताएका छन् । पुनले बिहीबार आफ्नो फेसबुक वालमा लेखेका छन्, ‘सिके राउतले हाकाहाकी देश टुक्र्याएर अर्को देश बनाउछौं भन्दा पनि हामी देश सम्झेर चुपचाप सुनिरहनुपर्ने यो कस्तो लोकतन्त्र ? अभिव्यक्ति स्वतन्त्रता रु म प्रधानमन्त्रीरगृहमन्त्री वा सुरक्षा प्रमुख हुन्थें भने साला यो देशद्रोहीलाई सिधै इन्काउन्टरको आदेश दिने थिएँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप