शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

चीनमा सगरमाथा प्रकरण : गुगलले समस्या स्वीकार्दै भन्यो, ‘समाधान गर्दैछौं’

बिहीबार, १८ चैत २०७२, १४ : ५१
बिहीबार, १८ चैत २०७२

काठमाडौं – चर्चित अमेरिकी कम्पनी गुगलको ‘गुगल म्याम्प’ ले सगरमाथा चीनमा रहेको देखिएको विषयमा समस्या स्वीकार गर्दै त्यसलाई छिट्टै समाधान गर्ने बताएको छ । समस्याको बारेमा नेपालमा रहेको गुगल म्याप मेकरको टीमले गुगल हेडक्वाटरलाई रिपोर्ट गराएपछि त्यसको जवाफमा गुगलले समस्या सच्याउने बताएको हो ।

गुगल म्यापका रिजनल लिड असिम अधिकारीले दिएको जानकारी अनुसार गुगलको हेडक्वाटरको टिमले इमेलमार्फत समस्या समाधान गर्ने बताएको छ । ‘दुई दिनअघि गुगल टिमबाट इमेल आएको छ । अहिलेको समस्यालाई अस्थायी र स्थायीरुपमा नै समाधान गर्न गुगल लागेको जानकारी प्राप्त भएको छ,’ अधिकारीले भने । उनका अनुसार गुगल म्यापमा दुई तह (लेयर)मा काम हुने र यी दुई लेयरमा समस्या देखिएको कारण सगरमाथा चीनमा पर्न गएको हो । सगरमाथा चीनमा पर्न गएपछि चीनको म्याप आफूहरुले सच्याउने अधिकार नभएको कारण पनि समस्या समाधान गर्न कठिनाई भएको उनले बताएका छन् । अधिकारीले गत मार्च १९ मा नै यस विषयमा गुगलको हेडक्वार्टरलाई इमेलमार्फत जानकारी गराएका थिए । नेपालको गौरवको रुपमा रहेको सगरमाथा चीनमा रहेको देखाइएपछि यसले देशमा ठूलै तरंग पैदा गरेको थियो ।

गुगल म्यापमा सगरमाथा चीनमा : राजनीति होइन, रिपोर्ट गरौं

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप