शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

ह्यारीको निधारमा नेपालको ‘चिनो’

बिहीबार, १८ चैत २०७२, १८ : १०
बिहीबार, १८ चैत २०७२

काठमाडौं – बेलायती राजकुमार ह्यारी नेपालमा लगभग दुई हप्ता बिताएर बुधबार स्वदेश फिर्ता भएका छन् । तर, जाँदाजाँदै उनले नेपालबाट केही समय नमेटिने ‘चिनो’ लिएर गएका छन् । त्यो चिनोले उनलाई नेपाल भ्रमणको बारेमा सम्झाइरहनेछ । नेपाल भ्रमणका क्रममा उनी काठमाडौं, भक्तपुर, पोखरा, लमजुङदेखि विभिन्न ठाउँ घुमे । उनी जहाँजहाँ पुगे उनलाई अबिर र फूलले स्वागत गरियो । नेपाली संस्कृतिमा पाहुनालाई टिका लगाएर स्वागत गर्ने चलननै छ । त्यो बेला निधारमा टिका लगाएको उनको तस्विर निकै चर्चित पनि बनेको थियो । तर, त्यही अबिर र टिकाले उनको निधारमा एलर्जी हुन पुग्यो । उनको निधारको बीचमा नै दाग बस्न गयो । यसलाई मेडिकल शब्दमा एब्रासन भनिन्छ । आफ्नो ५ दिने औपचारिक भ्रमण सकाएपछि बेलायती राजदूतावसमा आयोजना गरिएको कार्यक्रममा उनले यस प्रशंगबारे जिस्किँदै कुरा राखेका पनि थिए । ‘मैले मेरो जीवनमा कहिले पनि यस्तो आत्मीय स्वागत पाएको थिइँन, जति मैले नेपालमा केही दिनमा पाए,’ उनले निधारमा देखिएको टिका देखाउँदै भने, ‘सायद मैले धेरै स्वागत पाएँ । यो टिका केही समय यहीँ रहनेछ ।’ औपचारिक भ्रमणपछि पनि एक हप्ता स्कूलको पुनर्निर्माणमा श्रमदान गरेर बेलायती राजकुमार बुधबार स्वदेश फर्केका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप