शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

फ्लाइओभर पुल खस्दा १० जनाको मृत्यु

बिहीबार, १८ चैत २०७२, १५ : ४७
बिहीबार, १८ चैत २०७२

कोलकाता – पश्चिम बंगलको राजधानी कोलकातामा बिहिबार निर्माणधित फ्लाई ओभर पुल खस्दा कम्तिामा १० जनाको ज्यान गएको छ । खसेको पुलको भगनावशेषमा अझै केही व्यक्ति फँसेको हुन सक्ने अनुमान गरिएको छ । फँसेका व्यक्तिहरुलाई निकाल्न प्रहरी र फायर ब्रिगेडको उद्दार टोली खटिएको छ भने सेनालाई पनि सहयोगका लागि बोलाइएको छ । घटनापछि ममता बेनर्जी पनि पुगेकी छिन् । उत्तरी कोलकाताको गणेश टकिज क्षेत्रमा यस पुलको काम जारी थियो । प्रत्यक्षदर्शीका अनुसार भूकम्प आएजस्तै गरी पूलको ठूलो हिस्सा भत्किएर खस्न पुग्यो । ‘केही सेकेन्डमा नै आँखा अगाढि पुल खस्यो । हामीले केही व्यक्तिलाई किचेको देयौं ।’ स्थानीय पुनम जालनका अनुसार पूल खस्दा निजिकै रहेको उनको घर पनि हल्लिएको थियो । यसअघि डेढ वर्ष पहिले पनि कोलकातामा नै यस्तै घटना भएको थियो । विवेकानन्द पुल नाम दिइएको यस पुललाई कोलकाताबाट हावडा जाने बाटोमा बनाइँदै थियो । पछिल्लो ६२ महिनादेखि निर्माण कार्य जारी थियो भने घटना हुनुभन्दा एक रातअघि मात्र यस्तो ढलान गरिएको थियो । मिडिया रिपोर्टका अनुसार स्थानीय समयअनुसार १२ः२५ मिनेट जाँदा उक्त घटना भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप