धेरैपछि दुई दिन लगातार परकम्प
बिहीबार, १८ चैत २०७२, १६ : ०२
काठमाडौं – वैशाख १२ को विनाशकारी भूकम्पको एक वर्ष बित्न लाग्दा पनि परकम्प आउने क्रम रोकिएको छैन । लगातार आइरहने परकम्प पछिल्लो पटक केही समय बिराएर जाने गरेको थियो ।
तर, लामो समयपछि दुई दिन लगातर परकम्प गएको छ । बुधबार र बिहिबार सिन्धुपाल्चोनै केन्द्र विन्दु भएर दुई परकम्प गएको हो ।
बुधबार साँझ ६ बजेर ११ मिनेट जाँदा ४.७ रेक्टर स्केलको परकम्प गएकोमा बिहिबार बिहान ४ बजेर २६ मिनेट जाँदा ४ रेक्टर स्केलको परकम्प गएको छ ।
भूकम्प मापन केन्द्रका अनुसार वैशाख १२ पछि ४ रेक्टर स्केलमाथिका ४ सय ५० भन्दा बढी परकम्पहरु गइसकेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण