शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

महोत्तरीमा चिट चोर्ने ११ परीक्षार्थी र दुई निरीक्षक निष्कासित

बिहीबार, १८ चैत २०७२, १६ : १०
बिहीबार, १८ चैत २०७२

महोत्तरी - एसएलसी परीक्षाको पहिलो दिन आज चिट चोरी गर्ने कार्यमा संलग्न भएको भन्दै यस जिल्लामा ११ जना परीक्षार्थी र दुई जना निरीक्षक निष्कासित गरिएको छ ।

बिहान जिल्लाका विभिन्न परीक्षा केन्द्रमा सञ्चालित एसएलएसी परीक्षाको अनुगमनमा निस्केको प्रहरी, सञ्चारकर्मी तथा जिल्ला प्रशासन कार्यालय महोत्तरीको अनुगमन टोलीले उनीहरुलाई निष्कासन गरेको हो । परीक्षा हलभित्र चिट चोरी गर्ने कार्यमा संलग्न रहेका धमौरा परीक्षा केन्द्रका सात जना, वलवाका दुई जना, कलुवा वगेवाका एक जना, लोहरपट्टीका एक जना परीक्षार्थी निष्कासित भएका हुन् । त्यस्तै, धमौरा परीक्षा केन्द्रबाट एक जना पुरुष निरीक्षक तथा मटिहानी परीक्षा केन्द्रबाट एक जना महिला निरीक्षकलाई पनि निष्कासन गरिएको जिल्ला शिक्षा कार्यालय महोत्तरीले जनाएको छ । अनुगमनका क्रममा धमौरा परीक्षा केन्द्रमा विद्यार्थीलाई चिट चोराउने कार्यमा संलग्न रहेका परौल निवासी २८ वर्षीय वीरेन्द्रकुमार यादवलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिए । पक्राउ पर्ने यादवलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप