ड्रोन हमलामा आइएसका कमाण्डर मारिए
बिहीबार, १८ चैत २०७२, १६ : ४९
बेरुत - सिरियाली एक सहर राक्वामा आइएसका एकजना कमाण्डर मारिएको समाचार छ । उक्त नगरमा बिहीबार भएको कारबाहीका क्रममा ती कमाण्डर मारिएको बताइएको छ ।
सिरियाको अलेपो नगरतर्फ जादै गरेको समयमा उनी कारबाहीमा परी मारिएका हुन् । सो जानकारी सिरियाका एक अधिकार अनुगमनकारी निकायले जनाएको हो ।
बिहीबार उक्त अनुगमनकारी निकायले दिएको जानकारीअनुसार सिरियाको अलेपो नगरमा ती कमाण्डर रहेका र सोही क्रममा प्राप्त सूचनाको आधारमा मानवरहित हवाई कारबाही(ड्रोन) हमलामा उनी मारिएका हुन् ।
सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले भनेको छ– बुधबार राति अबेर तिर गरिएको हमलामा परी सिरियाको एक उच्चस्तरीय नेता अबु अल हिजाको मृत्यु भएको छ ।
उक्त राक्वा नगर सिरियामा आइएसको निकै नै प्रभाव रहेको नगरका रुपमा लिइन्छ । कतिपयले यसलाई सिरियाली आइएसहरुको राजधानीका रुपमा पनि लिने गरेका छन् ।
बुधबार राति गरिएको सो हवाई हमला कसले ग¥यो भन्ने बारेमा भने केही बताइएको छैन । सिरियमा केही समयअघिसम्म अमेरिकी हवाई हमला पनि हुने गर्दथ्यो ।
तर पछिल्लो समयमा भने यहाँ युद्धविराम भएकोले कारबाहीको क्रम रोकिएको छ । सिरियामा जारी हमलाका क्रममा कैयौं नागरिकको ज्यान गएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण