शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

निर्माण कम्पनीका संचालकसहित डिजेल कालोबजारी गर्ने चार पक्राउ

बिहीबार, १८ चैत २०७२, १७ : २०
बिहीबार, १८ चैत २०७२

ललितपुर – डिजेल कालोबजारीमा संलग्न ४ जना व्यक्तिसहित प्रहरीले ५ हजार लिटरभन्दा बढी डिजेल बरामद गरेको छ । नेपाल आयल निगमको तेल ट्याँकरमा ३ हजार लिटर डिजेल नेपाल सरकारको नीति नियम विपरित शान्ति कन्सक्ट्रसन प्रा.लि. को लागि लैजाँदै गरेको अवस्थामा महानगरीय प्रहरी बृत्त चापागाउँको प्रहरीले बुधबार डिजेलसहित २ जनालाई पक्राउ गरेको हो । ललितपुरको बज्रबाराही नगरपालिका–११ टाखेल चौतारामा रामकुमार थोकरले चलाएको ना.२ ख ६६९८ नम्बरको ट्यांकरलाई प्रहरीले पक्राउ गरेको छ भने शान्ती कन्सक्ट्रसन प्रा.लि. का संचालक ललितपुर वज्रवाराही नगरपालिका–११ बस्ने ३८ वर्षीय रामकृष्ण बस्नेत पनि पक्राउ परेका छन् । यसैगरी, सोही कार्यालयबाट खटिएको प्रहरीले ललितपुर वज्रवाराही नगरपालिका–१० प्याङ्गगाउँ चउरबाट लु.अ फ ५००० नम्बरको नयाँ मिनीटाटा ट्रकमा २ सय ५० लिटर जाने १२ वटा ड्रममा ३ हजार लिटर डिजेल ल्याई वजार मुल्य भन्दा वढी मुल्यमा विक्री वितरण गर्ने उद्देश्यले लुकाई छिपाई राखेको डिजेल पनि प्रहरीले बरामद गरेको छ । १२ ड्रममध्ये ३ वटा विक्री वितरण गरी सकेको थियो । त्यहाँबाट काभ्रेपलाञ्चोक मिल्चे–६ बस्ने ३९ वर्षीय दिलबहादुर वाईवा र ललितपुर वज्रवाराही नगरपालिका–१० बस्ने २५ वर्षीय दिपक घिमिरेलाई मंगलबार पक्राउ गरेको थियो । पक्राउ अभियुक्तहरुका सम्बन्धमा सोही कार्यालयवाट कालोवजारी मुद्दामा थप आवश्यक अनुसन्धान भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप