शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सिके राउतको अन्तर्वार्ता लिएको भन्दै काउन्सिलले माग्यो स्पष्टिकरण

बिहीबार, १८ चैत २०७२, १८ : ०८
बिहीबार, १८ चैत २०७२
काठमाडौं – मधेस टुक्राउने अभिव्यक्ति दिएका कारण राज्यविप्लवको मुद्दा खेपिसकेका सिके राउतको अन्तरवार्ता लिएको भन्दै प्रेस काउन्सिल नेपालले एबिसी टेलिभिजनलाई स्पष्टिकरण माग गरेको छ । काउन्सिलले बिहिबार पत्र काट्दै एबिसी टेलिभिजनसँग स्पष्टिकरण माग गरेको हो । चैत १७ गते सो टेलिभजनबाट एबिसी वाच नामक कार्यक्रममा राउतलाई अन्तर्वार्तामा बोलाएको थियो । ‘मुलुकको सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय एकता र सामाजिक सद्भावविरुद्ध अभिव्यक्त भएका विचार र भनाईहरुलाई त्यस टेलिभिजनद्वारा प्रशारित गर्ने कार्यबाट पत्रकार आचारसंहिता २०६० (संशोधित २०६४) को दपाm ४ (१) को ठाडो र गम्भिर उल्लंघन भएको पाइयो,’ काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीद्वारा जारी पत्रमा भनिएको छ । काउन्सिलले यस विषयमा ३ दिनभित्र लिखिरुपमा जवाफ पेस गर्न आदेश दिँदै जवाफ पेस नभए वा सन्तोषजनक नभएमा आचारसंहिता उल्लंघन गरेकोमा कारवाही गरिने बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप