प्रम ओलीलाई फोन गरेर देउवाले भने, ‘न्यायाधीस न्युक्तिको अध्याधेश बढाए मान्य हुँदैन’
काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले अध्यादेश मार्फत उच्च अदालतको न्यायाधीस नियुक्त गर्न लागिएको जानकारी पाएको भन्दै त्यसप्रति आपत्ति प्रकट गर्नु भएको छ । विहिवार सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन मार्फत कुनै पनि खालको अध्यादेश आफ्नो पार्टीलाई मान्य बताए । कांग्रेस सभापति देउवाले नेपाल सरकारले पुनरावेदन अदालतलाई उच्च अदालत कायम गरी उच्च अदालतका न्यायाधीसहरुको नियुक्ति गर्ने प्रयोजनका लागि अध्यादेश ल्याउने तयारी गरे पछि प्रधानमन्त्री ओलीलाई फोन गरी अध्यादेश ल्याउने काम तत्काल रोक्न अनुरोध गर्नु भएको हो । सभापति देउवाले यस्तो कार्य संसद्मा प्रमुख प्रतिपक्ष दलको रुपमा रहेको प्रमुख पार्टी नेपाली कांग्रेसलाई मान्य नहुने वतए । आजै सभापति देउवाले सत्तारुढ दल एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई समेत टेलिफोन गरी अध्यादेश प्रकृया तत्काल स्थगन गर्न आग्रह गरेको सहयोगी भानु देउवाले जानकारी दिए । नेपालको संविधान २०७२ लाईनै संशोधन गर्ने गरी नेपाल सरकारले न्याय प्रशासन ऐन २०४८ संशोधन अध्यादेश ल्याउने तयारीको सूचना पाएपछि सभापति देउवाले प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डलाई टेलिफोन गरेका हुन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण