संविधानको कार्यान्वयन प्रमुख आवश्यकता : प्रचण्ड
काठमाडौँ– एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले संविधानको सहज कार्यान्वय अहिलेको प्रमुख आवश्यकता भएको बताएका छन् ।
गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी एसोसिएसनसँग आबद्ध कानुन व्यवसायीले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले नयाँ संविधानको कार्यान्वयन गरेर मुलुकलाई नयाँ दिशामा लैजानुपर्नेमा जोड दिए ।
संविधानमा समावेश गरिएका समावेशी, समानुपातिक व्यवस्था एवम् जनताका पक्षमा प्राप्त भएका अधिकारका आधारमा थप अधिकारप्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ने अध्यक्ष दाहालको कथन थियो ।
उनले संविधानको पहिलो व्याख्याकार कानुन व्यवसायी भएकाले जनताका पक्षमा सूत्रबद्ध भएका अधिकारलाई जनतामाझ लैजान सुझाव दिए । अध्यक्ष दाहालले भने– “संविधानलाई सर्वस्वीकार्य संविधान कसरी बनाउने भन्ने अझै चुनौती छ, यसलाई समाधान गर्ने दायित्व कानुन व्यवसायीको हो ।”
कार्यक्रममा एमाओवादीका सांसद् रामनारायण बिडारी र नेपाल बार एसोसिएसनका पूर्वमहासचिव रमणकुमार श्रेष्ठले संविधान राम्रो भएरमात्र नहुने र त्यसको व्यावहारिक कार्यान्वयन गर्नु नै महत्वपूर्ण पक्ष हो भने ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण