शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

बन्दुकधारीद्वारा छ जनाको हत्या

बिहीबार, १८ चैत २०७२, १९ : ४६
बिहीबार, १८ चैत २०७२
मोगादिसु– सोमालियाको राजधानी मोगादिसुमा एकजना बन्दुकधारीले कम्तीमा पनि छ जनाको हत्या गरेको समाचार छ । बिहीबार मोटरसाइकलमा आएको एक बन्दुकधारीले छ जनाको ज्यान लिएको समाचारमा जनाइएको छ । सोमालियाको राजधानी मोगादिसुमा जारी हिंसाको पछिल्लो शृंखलाका रुपमा बिहीबार मोगादिसुमा छ जना व्यक्ति उक्त हिंसाको शिकार भएका छन् । बन्दुकधारीले मोटरसाइकलमा चढेर अन्धाधुन्ध गोली चलाएको थियो । त्यस क्रममा छ जनाको ज्यान गएको र यसमा दुई जना टर्किस् नागरिक पनि परेका छन् । उनीहरु अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी रहेका थिए । मोगादिसुका एकजना सिटी कार्यालयका प्रवक्ता आब्दिफ्ताह ओमारले छ जनाको ज्यान गएको र अरु छ जना नराम्ररी घाइते भएका बताए । साथै उहाँले मारिनेमा दुई जना टर्किस् नागरिक पनि रहेका जानकारी दिनुभएको समाचारमा जनाइएको छ । बुधबार राति सो हत्याकाण्ड भएको र मारिनेमा टर्कीका सर्वसाधारण नागरिक परेका छन् । यस घटनाको जिम्मेवारी कसैले लिएको छैन । प्रहरीले हत्याराको खोजी गरिरहेको तर हालसम्म पक्राउ गर्न नसकेको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप