देउवालाई बधाई
बिहीबार, १८ चैत २०७२, २० : ०५
काठमाडौँ– राष्ट्रिय पर्यटन व्यवसायी सङ्घ नेपाल (निट–नेपाल)ले कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिएको छ ।
निट नेपालका अध्यक्ष दीपक महत नेतृत्वको टोलीले देउवालाई आज उनकै निवासमा भेटी शुभकामना दिएको हो ।
सोही अवसरमा सभापति देउवाले अर्थतन्त्रको बलियो आधार मानिने पर्यटन प्रवद्र्धनका लागि पार्टीका तर्फबाट सक्दो सहयोग गर्ने बताए । उनले ऊर्जापछि अर्थतन्त्रको मुख्य आधार भनेको पर्यटन हो तर राज्य र राजनीतिक दलको प्राथमिकतामा नपरेको छैन भने ।
सभापति देउवाले व्यवसायीसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको निट–नेपालका अध्यक्ष दीपक महतले जानकारी दिए । नेपाली काँग्रसको भर्खरै सम्पन्न तेह्रौं महाधिवेशनका लागि रु ११ लाख ११ हजार १११ को सहयोग गरेको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण