शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

चट्याङ लागेर घरमै सुतिरहेकी किशोरीको मृत्यु

शुक्रबार, १९ चैत २०७२, १० : १७
शुक्रबार, १९ चैत २०७२

चितवन - चितवनको विकट लोथर गाविसमा चट्याङ लागेर एक किशोरीको ज्यान गएको छ । बिहीबार घरमै सुतिरहेका बेला चट्याङ लागेकी सिद्धि–२ की १७ वर्षीया चन्द्रमायाँ चेपाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार घरमै सतिरहेका बेला बिहीवार चट्याङ लागेर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा भरतपुर अस्पतालमा ज्यान गएको छ । पछिल्ला केही दिनदेखि चितवनमा हावाहुरी र वर्षा हुने क्रम चलिरहेको छ । ठाउँठाउँमा असिनासमेत परेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप