शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुजुकी सर्भिस चेकअप क्याम्प सम्पन्न

शनिबार, २० चैत २०७२, १३ : ३६
शनिबार, २० चैत २०७२

ललितपुर – ललितपुरको धोबिघाटस्थित सुजुकी सर्भिस सेन्टरमा सुजुकी सर्भिस चेकअप क्याम्प सम्पन्न भएको छ । गत चैत १७, १८ र १९ गते सम्पन्न उक्त चेकअप क्याम्पमा सुजुकीका सबै मोडलका गाडीहरु चेकअप गरिएको थियो । क्याम्पमा १ सय ५५ गाडी चेकअप गरिएको क्याम्प आयोजक सौर्य इन्टरप्राइजेज कन्सर्नका सञ्चालक मधुसूदन सिग्देलले बताएका छन् ।

हालै सुुजुकी सर्भिस सेन्टरको रुपमा सञ्चालनमा आएको सौर्य इन्टरप्राइजेज कन्सर्नले सो क्याम्पको आयोजना गरेको हो । क्याम्पमा २४ प्वाइन्ट जनरल चेकअप गरिएको यसका सञ्चालक मधुसूदन सिग्देलले जनाएका छन् । क्याम्पमा निःशुल्क एसडीटी डायग्नोसिस समेत गरिएको थियो । यो वाहेक क्याम्पमा लेबर चार्जमा २० प्रतिशत तथा स्पेयर पार्ट्स, एसेसरिज र ल्युबमा १० प्रतिशत छुट प्रदान गरिएको थियो । यो बाहेक क्याम्पकै अवसरमा लक्की ड्रमार्फत आकर्षक उपहार समेत प्रदान गरिएको थियो ।

धोबिघाटस्थित मारुती सुजुकी गाडीको आधिकारिक सर्भिस सेन्टर हालै नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको हो । उक्त सर्भिस सेन्टरको नाम ‘सौर्य इन्टरप्राइजेज कन्सर्न’ राखिएको छ । एक दशकभन्दा लामो समयदेखि अटोमोबाइल व्यवसायमा क्रियाशील युवा व्यवसायी मधुसूदन सिग्देलको अगुवाईमा उक्त सर्भिस सेन्टर सञ्चालन भएको हो । सर्भिस सेन्टर सुुरुवात गरेको अवसरमा सर्भिस क्याम्पको आयोजना गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप