आन्तरिक मामिलामा हस्तक्षेप असह्य : नेता खनाल
ललितपुर– नेकपा (एमाले) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न खोज्ने बाह्य देशको भूमिका असह्य हुने बताएका छन् ।
नेपाल उद्योग तथा व्यवसायी महासङ्घको दोस्रो वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै घरभित्रको समस्या घरकै सदस्यले गर्ने हो कुनै छिमेकीले होइन–उनले भने । उनले आफ्नो देशको संविधानको कार्यान्वयन कसरी गर्ने भन्ने सबैलाई राम्रो ज्ञान छ कसैले सिकाइराख्नु जरुरत छैन भने । लामो समयको प्रयासपछि नेपाली जनताले पाएको संविधान विश्कै उत्कृष्ट रहेको उल्लेख गर्दै उनले संविधान जारी भएको दिन युरोपियन युनियनले स्वागत गरेको तर हालै मात्र प्रेस विज्ञप्तिमार्फत त्यसको घुमाउरो विरोध गर्नु आश्चर्यजनक भएको बताए।
संविधानले नयाँ राजनीतिक पद्दति, नयाँ लोकतान्त्रिक गणतन्त्र अर्थतन्त्र, नयाँ सामाजिक पद्दति तथा नयाँ पुँजीवादलगायत महत्वपूर्ण विषयको परिकल्पना गरेको उनले बताए । संविधानले परिकल्पना गरे अनुसार स्थानीय, प्रादेशिक र राष्ट्रियस्तरको निर्वाचन भएमा मात्र राजनीतिक पद्दतिको विकास हुने उनले औंल्याए ।
नेपाल दुई शक्तिराष्ट्रको बीचमा रहेकोले उनीहरुबाट लाभ लिनसक्ने खालको योजना बनाउनुपर्नेमा उहाँको जोड रहेको थियो ।
नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले भूकम्प र नाकाबन्दीका कारण उद्योग व्यवसायीले चुनौतीहरु व्यहोर्नुपरेको उल्लेख गरे । उनले देशको आर्थिक विकासका लागि व्यवसायीको महत्वपूर्ण योगदान हुने औंल्याए ।
उनले संविधानको सफल कार्यान्वयनले मात्र आर्थिक क्षेत्रको विकास हुने बताए । नेकपा (एमाले) का नेता मुकुन्द न्यौपानेले पार्टी निकट उद्योग व्यवसायीबाट पार्टी सञ्चालन गर्नसक्ने वातावरण निर्माण गरिनुपर्नेमा जोड दिए । उनले पार्टीभित्रको अस्वस्थ प्रवृतिलाई नेतृत्वले समाधान गरिनुपर्ने बताए ।
महासङ्घका अध्यक्ष लक्ष्मीदास मानन्धरले उद्योग व्यवसायीको हितका लागि महासङ्घ क्रियाशील रहेको बताए । उनले महासङ्घभित्र २४ वटा सङ्घ आवद्ध रहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुटु रोगका बिरामीको सङ्ख्या बढ्दो, विशेषज्ञ चिकित्सकको चरम अभाव
-
साउन २८ गतेको तारेख लिएर विशेष अदालतबाट बाहिरिए विष्णु पौडेल, तस्बिरहरू
-
विष्णु पौडेललाई किन दिइयो साधारण तारेखमा छाड्ने आदेश ?
-
लुम्बिनीमा सत्ता दौड तीव्र, कांग्रेस–एमालेले खोजे नेकपाको साथ
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण