नेपाली दूतावास कोरियाको कारोबार : भूकम्पपीडितका लागि उठेको रकममा गोलमाल
सोल–भूकम्पपीडितका लागि उठेको रकममा केरियास्थित नेपाली दूतावासले गोलमाल गरेको तथ्य भेटिएको छ । गत वैशाख १२ को भूकम्प लगत्तै दक्षिण कोरियास्थित नेपाली दूतावासले कोरियन एक्सचेन्ज बैंक (केइबि) मा अर्थक्वेक रिलिफ फन्डका नाममा ६११–०२५९३३–९७९ नम्बरको खाता खोलेर आर्थिक संकलन शुरु गरेको थियो ।
तर, दूतावासले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको रकम र आफूले वेवसाइटमार्फत सार्वजनिक गरेको तथ्याङ फरक–फरक देखिएको छ । दूतावासले आफनो वेभसाईटबाट सार्वजनिक गरेको तथ्याङ्कमा विभिन्न सामाजिक संघसंंस्थाको सहयोग मार्फत दूतावासको माध्यमबाट नेपाल पठाइएका रकम र भौतिक साम्रागीको उल्लेख छ ।
दैवीप्रकोप उद्धार कोषमा नेपाली दूतावासमार्फत हालसम्म आठ पटकसम्म प्रधानमन्त्री दैबीप्रकोप उद्दार कोषमा १७ लाख ३२ हजार ५ सय ९१ डलर अर्थात १७ करोड ६९ लाख १५ चार सय ८५ रुपैयाँ ९१ पैसा जम्मा गरेको देखिन्छ । तर, दूतावासले भने जम्मा १७ लाख ७८ हजार ६ सय ३१ डलर जम्मा गरेको देखाएको छ ।
यसरी यी दुवै तथ्याङ्क हेर्र्दा प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा नेपाली दूतावास दक्षिण कोरियाले २९ पुस २०७२ मा जम्मा गरिएको भनिएको ४६ हजार ४२ डलर कहि कतै देखिदैँन ।
दूतावासको वेभसाइटमा पनि २०७२ साउन १४ गते प्रधानमन्त्री दैवीप्रकोप राहतकोषमा जम्मा गरिएको १ लाख डलर कहि उल्लेख गरिएको देखिदैँन ।
यसैलाई आधार मान्ने हो भने ५३ हजार ९ सय साठ्ठी डलर ? फरक परेको छ ।
यस विषयमा जानकारी लिन राजदुत कमानसिंह लामासँग सम्र्पक गर्दा उनले द्धितिय सचिवसँग बुझ्न आग्रह गरे । द्धितिय सचिवले दूतावासको वेवसाईटमा रहेको तथ्याङ्कनै आधिकारिक रहेको बताए । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रवक्ता एंवम सहसचिव बिनोद बहादुर कुँवरले गम्भिर विषय उठेकाले यसबारे बुझ्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
-
‘इजरायली ‘दण्डहीनता’ भावी प्यालेस्टिनी राज्यको लागि खतरा’
-
विधिपूर्वक साउने सङ्क्रान्ति मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण