महराको हत्यामा संलग्न रहेको आरोपमा गाडीसहित २ जना पक्राउ
दाङ–जिल्ला प्रहरी कार्यालय दाङले विष्णु महराको हत्यामा संलग्न रहेको आरोपमा गाडीसहित २ जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेका २ जना र ४८ घण्टामा गाडी पक्राउ गरेको दाङका निमित्त प्रहरी प्रमुख प्रकाश शर्माले जानकारी दिए ।
१५ लाखभन्दा बढि रकम तिर्नुपर्ने भएपछि आरोपीले अपहरण शैलीमा महराको हत्या गरेको प्रहरीलाई बयान दिएका छन् । प्रहरीले घटनाको विस्तृत विवरण पत्रकार सम्मेलनमार्फत ३ दिनभित्र सार्वजनिक गर्ने भन्दै आरोपीको नाम र गाडीको नम्बर गोप्य राखेको छ ।
आरोपी व्यक्ति विगत देखिनै अपराधिक गतिविधीमा संलग्न रहदै आएको प्रहरीले दाबी गरेको छ । रोल्पाको जेलवाङ गाविस–१ घर भई हाल घोराही नगरपालिका ६ रझेना निवासी करिब ३७ वर्षका विष्णुबहादुर महराको शव चैत १६ गते बिहान घोराही नगरपालीस्थित चौघेरा नजिकै डबरी भन्ने स्थानमा फेला परेको थियो । प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान गर्न ५० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
-
‘इजरायली ‘दण्डहीनता’ भावी प्यालेस्टिनी राज्यको लागि खतरा’
-
विधिपूर्वक साउने सङ्क्रान्ति मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण