शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

देशभित्रका समस्या समधान गर्न नेपाली सक्षम : अर्थमन्त्री पौडेल

शनिबार, २० चैत २०७२, १७ : ५९
शनिबार, २० चैत २०७२

पाल्पा– अर्थमन्त्री विष्णु पौडेलले नेपाल देशभित्रका कुनै पनि समस्या समाधान गर्न नेपाल र नेपाली सक्षम रहेको उनले बताएका छन् ।

नेपाली जनताका प्रतिनिधिले संविधान बनाएको बताउँदै नेपालमा संवैधानिक सङ्कट र समस्या छ भन्नु सत्य नभएको मन्त्री पौडेलले दाबी गरेका छन् ।

सञ्चारकर्मीसँग आज पाल्पामा कुराकानी गर्दै मन्त्री पौडेलले नेपालभित्रका समस्या नेपाल र नेपालीले आफैँ समधान गर्न सक्षम रहेकोसमेत उनले बताउ ।

जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्थाले सरकार सोहीअनुसारको तयारीमा रहेको बताएका छन् । उनले सरकारले जेठ १५ गते सदनसमक्ष बजेट प्रस्तुत गर्ने तयारीमा जुटेको बताएका हुन् ।

उनले भने– “हामी स्वतन्त्रता र सार्वभौमिकता सुदृढीकरण गरी नेपाली भई बाँच्न चाहन्छौँ, नेपाललाई विश्वसामु स्वाधीन राष्ट्रका रुपमा चिनाउन चाहन्छौँ ।”

प्रधानमन्त्रीको भारत र चीन भम्रण अत्यन्त महत्वपूर्ण रहेको बताए । उनले छिमेकी राष्ट्रबाट सहयोग र सद्भावको अपेक्षा गर्ने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप