शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

अध्यादेशप्रति प्रधानन्यायाधीश असन्तुष्ट

शनिबार, २० चैत २०७२, १८ : ०१
शनिबार, २० चैत २०७२

वीरेन्द्रनगर– प्रधानन्यायाधीश कल्याण श्रेष्ठले पुनरावेदन अदालत खारेज गर्ने गरी सरकारले ल्याउन लागेको अध्यादेशप्रति असन्तुष्टि जनाएका छन् ।

उनले उक्त अध्यादेशवारे आफूले कुनै टिप्पणी नगर्ने र त्यसका बारेमा सरकार र राजनीतिक दललाई नै सोध्न आग्रह गरे ।

पुनरावेदन अदालत सुर्खेतको अवलोकन निरीक्षण गरेपछि आज सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानन्यायाधीश श्रेष्ठले पुनरावेदन अदालत खारेजको अध्यादेश सरकारले गर्ने काम भएकाले आफूले टिप्पणी गर्ने बेला नभएको जनाए । म

पछिल्लो समय न्यायपालिकामा राजनीतिक हस्तक्षेप कति बढ्दै गएको छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले न्यायालयमा राजनीतिक हस्तक्षेप हुन नदिने दाबी गरे । उनले भने, ‘‘न्यायालयमा हामी कुनै हालतमा राजनीतिक हस्तक्षेप हुन दिन्नौँ, त्यो हामीलाई मन्जुर छैन ।’’

न्यायाधीशमा सिफारिस भएका व्यक्तिका बारेमा पनि उनले त्यो आफूहरुको विषय नभएको बताए । राजनीतिक पृष्ठभूमि भएका व्यक्तिले कस्तो न्याय दिन्छन् भन्ने त्यो पछिको कुरा भएको उनको भनाइ छ ।

अदालतमा न्यायाधीशको अभाव भएको स्वीकार्दै प्रधानन्यायाधीश श्रेष्ठले तत्कालै न्यायाधीशको पदपूर्ति गर्न नसकिने बताए । न्यायाधीश नियुक्तिको समस्याले गर्दा अदालतमा न्यायाधीश अपुग भएको उनको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप