शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

जुनियर स्कुल प्रिन्सेसमा ८० प्रतियोगी सहभागि

शनिबार, २० चैत २०७२, १८ : ०५
शनिबार, २० चैत २०७२

काठमाडौं – वार्षिक परीक्षा पछि एक महिना फुर्सदमा रहने बालिकाहरुको प्रतिभा प्रस्तुति तथा व्यक्तित्व विकासका लागि सिजन मिडियाले पाँच वर्षदेखि निरन्तररुपमा आयोजना हुँदै आएको ‘जुनियर स्कुल प्रिन्सेस’ प्रतियोगिताको आज भएको अडिसनमा १२० बाट ८० जना प्रतियोगीहरुलाई छनौट गरिएको छ ।

प्रतियोगीताको अडिसनमा निर्णायक मण्डलमा मिस इ–कलेजकी विजेता निकिता कर्मचार्य, प्राचि अर्याल, मिस टिन कलेजकी विजेता आसियाना अधिकारी, वेनाजील राई, कोरीयोग्राफर रोजीन शाक्य र सिजन मिडियाका प्रोग्राम म्यानेजर रेजीना तुलाधर रहेका छन् ।

प्रतियोगीहरुको प्रशिक्षण २१ चैतबाट सुरु हुने आयोजक संस्था सिजन मिडियाका अध्यक्ष प्रदिपराज वन्तले जानकारी गराएका छन् । उनीहरुलाई तीन सातासम्म व्यक्तित्व विकास सम्बन्धि विभिन्न प्रशिक्षण दिइने छ । बाल उपायोगी प्रशिक्षण सम्बन्धि विज्ञबाट गराइने पनि वन्तले जानकारी गराए । प्रतियोगीहरुलाई साँगास्थित काठमाडौं फन भ्याली, भक्तपुर दरवारक्षेत्र, छाउनी संग्रहालय, गोदावरी वनस्पति उद्यान, जाउलाखेल चिडियाखान वालगृह, नेपाली फिल्म राहदानी, नाटक, नारायणहिटी दरवार संग्राहालयलगायतको विभिन्न स्थानको भ्रमण गराइने छ । यो प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गर्दैछन् । यो प्रतियोगिताको सम्पूर्ण प्रतियोगीको ड्रेस डिजाईन अफिसियल डिजाईनरको रुपमा फेशन सेन्टर भाटभटेनीले गर्दैछ ।

जुनियर स्कुल प्रिन्सेस–२०१६ को चयन भने २०७३ साल १० बैशाखमा प्रज्ञा भवन कमलादीमा भव्य समारोह माझ हुने छ । यो प्रतियोगितामा जुनियर स्कुल प्रिन्सेस–२०१६ की वितेजाले मिनि ल्यापटप, साईकल लगायतका विभिन्न उपहार प्राप्त गर्नेछिन् । यस्तो सह विजेता र उप विजेताले पनि विभिन्न उपहार पाउने छन् । प्रतियोगितामा विभिन्न उपाधि पनि रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप