घाँटी सम्बन्धी रोगको समस्याले ग्रस्त बालिकालाई आर्थिक सहयोग
युएई–आपत्ति र विपत्तीका बेला सहयोगार्थ कार्यहरुमा सधैं अग्रपंक्तिमा रहेको सुदूर पश्चिम सेवा समाज यूएइले घाँटीको रोगबाट पीडित अछाम जिल्लाको मंगल्सैन नगरपालिका वडा नम्वर–४ निवासी दान बहादुर धामीकी ५ वर्षीया छोरी छत्रकला केसी (धामी)को उपचारका लागि आर्थिक सहयोग गरेको छ ।
घाँटीको रोगबाट पीडित छत्रकला केसीको उपचारमा केहि सहयोग होस् भनि रु २०,१११ ( बिस हजार एक सय एघार रुपैयाँ ) पीडित छत्रकला केसीकी आमा गोमा धामीको नाममा पठाइएको सुदूर पश्चिम सेवा समाज यूएईकी कोषाध्यक्ष श्रीमती टिकेस्वरी भण्डारी बोगटीले जानकारी दिएकी छिन् ।
सहयोग रकम पठाएको खबर सुनेर छत्रकला केसीको उपचार सहयोग रकम संकलन संयोजक तथा सिधादृष्ट्रि साप्ताहिक पत्रिकाका सम्पादक ललित केसीले फोनमार्फत सुदूरपश्चिम सेवा समाज यूएइप्रति हार्दिक आभार प्रकट गर्दै समाजले गरेका सहयोगार्थ कामका बारेमा आफुले सधैं पत्रपत्रिका पढ्ने गरेको हुनाले विदेशी भूमिमा पनि सुदूरपश्चिम वासी बीचको एकता देखेर खुसी भएको बताउँदै सुदूरपश्चिम सेवा समाज यूएइले चालेका कदमले सफलताको शिखर चुमोस् भनि शुभकामना दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुटु रोगका बिरामीको सङ्ख्या बढ्दो, विशेषज्ञ चिकित्सकको चरम अभाव
-
साउन २८ गतेको तारेख लिएर विशेष अदालतबाट बाहिरिए विष्णु पौडेल, तस्बिरहरू
-
विष्णु पौडेललाई किन दिइयो साधारण तारेखमा छाड्ने आदेश ?
-
लुम्बिनीमा सत्ता दौड तीव्र, कांग्रेस–एमालेले खोजे नेकपाको साथ
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण