सद्भाव क्रिकेट प्रतियोगिता : अन्तर्राष्ट्रिय क्रिकेट खेलाडीसित झुमे रुपन्देहीवासी
भैरहवा–नेपालमै सबैभन्दा गर्मीको रुपमा परिचित भैरहवाको गर्मी, जहा मौसम ४८ डिग्रीसम्म पुग्ने गरेको छ । भैरहवाको प्रचण्ड गर्मीमा पनि क्रिकेट प्रतियोगिता हुने भएपछि आयोजकलाई पनि सर्शकित तुल्याएको थियो । गर्मी प्रतियोतिा गर्दा दर्शक पाइने हो वा होइन भनि चिन्तित थिए । तर, शनिबारको कार्यक्रमले आयोजकको चिन्तालाई हर्षमा परिवर्तन गरिदियो । रुपन्देहीवासीले क्रिकेटलाई अपार माया गर्दै प्रचण्ड गर्मीमा पनि उपस्थिति जनाए ।
शनिबार अन्य क्रिकेट प्रतियोगिता भन्दा भिन्दै प्रकृतिको क्रिकेट आयोजना भयो भैरहवामा । क्रिकेटको साथै दर्शकले ईन्दिरा जोशीको गायनको पनि मजा लिए भने स्थानिय डिजे आशाले पनि संगीतको धुनका दिउसै दर्शकलाई झुम्न बाध्य बनाई दिए । सदभाव बर्ष २०१६ को अवसरमा भैरहवामा सदभाव पूर्ण क्रिकेट प्रतियोगिताले भैरहवाका स्थानिय मधेशी युवा होस वा पहाडी युवा दुवैलाई एकै थलोमा उभ्याउन सफ भएको छ । पछिल्लो समयमा नेपालमा मधेशी, पहाडी, जनजाती, दलित आदिका नाममा अशान्ती फैलिदै गए पछि त्यो खाडल पुर्न र सदभावको सन्देश दिन कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक प्रशान्त बिक्रम मल्लले बताए ।
भैरहवाको चर्को घाममा खेल्न काठमाण्डौको बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय टोली आउने भए पछि भैरहवा स्थित सिद्धार्थ रंगशालामा मानिसको घुईचो नै लाग्यो । पछिल्लो कुनै पनि प्रतियोगितामा नदेखिएको भिड रंगशालाको प्रचण्ड गर्मीमा क्रिकेटको मजा लिए ।
सदभावका लागी टि ट्वाईन्टी क्रिकेट नामक यस खेलमा नेपालका तर्फबाट अन्तराष्ट्रिय प्रतियोगिता खेल्ने टोलीका शक्ति गौचन, बसन्त रेग्मी, सोमपाल कामी, सागर पुन, करण केसी लगायत भैरहवाबाट राष्ट्रिय प्रतियोगिताको लागी खेल्ने स्थानिय खेलाडी समावेश थिए भने । अर्को तर्फ अण्डर नाईन्टीन टिमका क्याप्टेन राजु रिजाल सहित प्रेम तामांग, दिपेन्द्र ऐरी, सुसन भारी, आरीफ सेख, शाह आलम, धिरज शाही लगायतका खेलाडी रहेका थिए ।
शनिबार भएको मैत्रीपूर्ण खेलमा सिनियर क्रिकेट टोलीले अण्डर नाईन्टीन टिमलाई ३६ रनले पछि पार्दै प्रथम पुरस्कार नगद ५० हजार हाथ पारेको छ । यसै गरि दोश्रो हुने अण्डर नाईन्टीन टिमले २५ हजार पुरस्कार पाए ।
टस जितेर पहिला फिल्डीङ्ग रोजेको अण्डर नाईन्टीन टिमले समय समयमा विकेट लिन सफल भए पनि सिनियर टिमलाई सम्मानजनक स्कोर बनाउन भने रोक्न सकेन । सिनियर टोलीका तर्फबाट अन्तिम थापाले ३१ रन तथा मैन अफ द मैच प्रकाश केसीको ब्यक्तिगत २० रनको मद्दतले १५ ओभरमा ८ विकेटको क्षतिमा ९६ रन बनाउन सफल भयो । सिनियर टोलीका लागी बिनोद भण्डारीले १८ र बसन्त रेग्मीले ११ रन जोडेका थिए ।
सिनियर टोलीलाई ९६ रनमा सिमि तगर्न अण्डर नाईन्टीनका प्रेम तामांगले ४ विकेट लिए पनि टोलीलाई भने विजयी बनाउन सकेनन् । यसै गरि अण्डर नाईन्टीन टिमका सुसान भारीले २ र आरीफ शेख तथा शाह आलमले समान १–१ विकेट लिए ।
९७ रनको विजयी लक्ष्य पाएको अण्डर नाईन्टीन टिम भने १३ दशमलव २ ओभर खेल्दै ६० रनमै समेटिन पुग्यो । उसको टिमको लागी सर्वाधिक रन दिपेन्द्र ऐरीले १७ बनाए भने सुनिल धमला १३ रनको ब्यक्तिगत स्कोरमा आउट भएका थिए । यस बाहेक शंकर रानाले ९ रन बनाए । अण्डर नाईन्टीन टिमका कप्तान राजु रिजाल अ०डर नाईन्टिनको प्रतियोगितामा चम्के पनि भैरहवामा उनि शुन्य रनमा आउट भए ।
अण्डर नाईन्टीनलाई सस्तोमा समेट्ने क्रममा सिनियर टोलीका कप्तान शक्ति गौचन, लाल बहादुर अधिकारी र दिपेन्द्र यादवले समान २–२ विकेट लिए भने सोमपाल कामी, बसन्त रेग्मी तथा सागर पुनले १–१ विकेट बाडेका थिए ।
प्रतियोगिता अवधिभर डिजे आशाले संगीत बजाएर दर्शकको मन जितेका थिए भने गायीका ईन्दिरा जोशीले पनि आफ्नो प्रस्तुति राखेकी थिईन । प्रतियोगिताको उदघाटन गर्दै पूर्व राष्ट्रपति रामवरण यादवले खेलको माध्यमबाट देशमा सदभाव फैलाउन सकिने बताए । उनले अहिले खेलमा कुनै प्रकारको भेदभाव नभएको बताउदै यसको माध्यमबाट युवाहरुको सदभाव फैलाउने कार्य सराहनीय रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेलको मुद्दामा अदालतले भन्यो– ‘वास्तविक लाभग्राहीलाई छाडेर सहजकर्तालाई मात्र मुद्दा चलाइयो’
-
मुटु रोगका बिरामीको सङ्ख्या बढ्दो, विशेषज्ञ चिकित्सकको चरम अभाव
-
साउन २८ गतेको तारेख लिएर विशेष अदालतबाट बाहिरिए विष्णु पौडेल, तस्बिरहरू
-
विष्णु पौडेललाई किन दिइयो साधारण तारेखमा छाड्ने आदेश ?
-
लुम्बिनीमा सत्ता दौड तीव्र, कांग्रेस–एमालेले खोजे नेकपाको साथ
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण