शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

मारवाडी परिषद्को साधारण सभा सुरु

शनिबार, २० चैत २०७२, १८ : २८
शनिबार, २० चैत २०७२

जनकपुरधाम– नेपाल राष्ट्रिय मारवाडी परिषद्को तेह्रौँ वार्षिक सभा आजदेखि जनकपुरधाममा सुरु भयो ।

सेवा, सङ्गठन, समुन्नति र सुसंस्कार नारासहित सुरु भएको सो सभाले परिषद्को विधानमाथि छलफल र नयाँ नेतृत्वको चयन गर्ने छ ।

सो अवसरमा पूर्व मन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले नेपालको राजनीतिक इतिहास, आर्थिक, सामाजिक, भाषिक, शैक्षिक र सांस्कृतिक क्षेत्रमा मारवाडी समुदायको अतुलनीय योगदान रहेको बताए ।

लोकतान्त्रिक आन्दोलनमा मारवाडी समुदायको योगदान महत्वपूर्ण रहेको चर्चा गर्दै उनले उद्योग, व्यवसाय फस्टाउनमा कर्ताको रूपमा पनि यो समुदाय उदाहरणको रुपमा रहेको छ भने ।

सांसद अनिल रुँगटाले मारवाडी समुदायले सेवामुखी भावनालाई बिर्सिंदै गएकोमा चिन्ता व्यक्त गरे ।

पूर्व सांसद रामसरोज यादवले मारवाडी समुदायको पहिचानलाई प्रश्नको घेरामा राख्न नहुने धारणा राखे ।

परिषद्का अध्यक्ष पवन मित्तलले मारवाडी समुदाय चन्दा आतङ्कको चपेटामा परेको बताए ।

सभामा गोपाल धर्मशालाका संस्थापक परिवारका योगेन्द्र नाथानी, चिकित्सक डा जगदीशप्रसाद अग्रवाल र भाषा, साहित्यको प्रचारप्रसारमा लागेका दयाराम गोपाल अग्रवाललाई सम्मान गरिएको थियो । सभा भोलिसम्म चल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप