शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

माओवादी फुटेर नयाँ पार्टी घोषणा

शनिबार, २० चैत २०७२, १८ : ४१
शनिबार, २० चैत २०७२

दाङ– एकीकृत नेकपा (माओवादी)ले क्रान्तिलाई धोका दिएको भन्दै एकीकृत नेकपा (माओवादी)का पूर्व पोलिटब्युरो सदस्य हेमन्तप्रकाश ओलीले नयाँ पार्टी घोषणा गेका छन् ।

आज घोराहीमा पत्रकार सम्मेलन गरेर यस अगाडि एमाओवादीबाट परित्याग गरी अलग भएका नेता ओलीले नयाँ कम्युनिस्ट पार्टी कम्युनिस्ट न्युक्लियस केन्द्र नेपालको घोषणा गरेका हुन् ।

क्रान्तिलाई पूरा नगरी एमाओवादीले धोका दिएपछि क्रान्तिकारी शक्तिको नेतृत्व गर्न आफूले नयाँ पार्टी घोषणा गर्नुपरेको उनले बताए । कम्युनिस्ट क्रान्तिकारीको धुर्वीकरण आवश्यक रहेको भन्दै उनले आफू नेतृत्व नयाँ पार्टीले क्रान्तिको नेतृत्व गर्न सक्ने दाबी गरे ।

नेता ओलीको अध्यक्षतामा दुई सदस्यपछि थप्ने गरी ११ सदस्यीय पार्टीको केन्द्रीय कमिटी गठन गरिएको छ । नवगठित पार्टीको केन्द्रीय कमिटीमा विकास शर्मा, डा ऋषिराज बराल, रमेश पुन, विमर्श शर्मा, शेरकुमार खड्का, मनप्रसाद श्रेष्ठ, तीर्थ वली र धनबहादुर वली रहेका छन् । एमाओवादी नेता, पूर्व जनमुक्ति सेनाका कमाण्डरको हालै दाङमा सम्पन्न भेलाले नयाँ पार्टीको निर्माण गरेको हो । पार्टीलाई छिट्टै विस्तार गरेर अघि बढाइने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप